पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
विकास आयोजनासँग सम्बन्धित मुद्दा मामिलाका कारण पूर्वाधार निर्माणमा हुने ढिलाइ र बढ्दो लागत न्यूनीकरणका लागि गठित उच्चस्तरीय कार्यदलको अन्तिम बैठक सम्पन्न भएको छ।
राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्रचार गरेको छ ।
प्रहरी हुँ भनेर रकम ठगी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी जिल्ला रुरु गाउँपालिका–२ ग्वादीका २७ वर्षीय रिजन भन्ने राजेश विश्वकर्मा रहेका छन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ क्षेत्रमा शुक्रबार दिउँसो जिप दुर्घटना भएको छ । पाथीभरा दर्शनमा हिँडेका तीर्थयात्री बोकेको जिप फुङ्लिङ बजारको तोक्मेडाँडा–कफीहाउस भित्री सडकमा दुर्घटना भएको हो ।
पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक सो क्षेत्रबाट स्वदेश फर्किएका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनले सुस्त अर्थतन्त्रको बारेमा चेतावनी दिएको र आफ्ना अधिकारीहरूलाई आर्थिक वृद्धिलाई बढावा दिन आदेश दिएको केही दिनपछि रुसले शुक्रबार प्रमुख क्षेत्रको ब्याजदर घटाएको छ ।
सरकारी वेबसाइटहरूलाई अझ बढी समावेशी र सबै नागरिकका लागि सहज बनाउने उद्देश्यले आयोजित ‘अपाङ्गमैत्री सुविधासहित सञ्चालित सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली’ अद्यावधिक गर्ने सम्बन्धी तालिम सम्पन्न भएको छ।
बागचौर नगरपालिका वडा नम्बर–२ चिसेखोलीमा भएको आगलागीमा १० लाख रुपियाँ नगद तथा सुनसमेत जलेर नष्ट भएको छ ।
मुगुको छायानाथ रारा नगरपालिका वडा ५ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेको छ ।
इलाममा निर्माण हुन लागेको इलाम अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) सेवाको नयाँ भवनको आज शिलान्यास गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई मानवीयताको ख्याल गर्दै सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताउनुभएको छ । विगतका वर्षहरूमा बर्खायाममा आउने बाढीका कारण नदी किनारका बासिन्दाले भोग्नुपरेको सास्ती र जीवनको जोखिमलाई मध्यनजर गर्दै सरकारले यस्तो कदम चाल्न लागेको उहाँले स्पष्ट पार्नुभयो ।
काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ ।
बागमती प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई कर्मचारीको हाजिरी विवरण अद्यावधिक गरी अनिवार्य रुपमा पेश गर्न निर्देशन दिइएको छ ।