जिल्लाको ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेपनि ३० हजार हेक्टरमा मात्र खेती गरिएको छ । बसाइसराइ र सिँचाइ अभावले १४ हजार हेक्टर जमिन बाँझो रहेको छ भने २५ प्रतिशत जमिन मात्र सिँचाइ योग्य छ ।
नेपालको संविधान २०७२ ले प्रत्येक बालबालिकालाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा र माध्यमिक तहसम्म पहुँचको मौलिक अधिकार सुनिश्चित गरेको छ । संविधा
काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । कलेज अफ जर्नालिजम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा शनिबार विभिन्न अग्रज तथा सक्रिय पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ। नगरपालिकाले आयोजना गरेको स्थानीयतह स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्याल, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको हो।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको क्षेत्र नं. ३ बाट प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा आइतबार सेमिफाइनलको खेल हुने भएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा सञ्चालित गोल्डकपमा आज सेमिफाइनलको खेल हुने भएको हो ।
सल्यानमा एक वृद्ध घरमै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३, गतेर्ना निवासी अन्दाजी ८० वर्षका कर्णबहादुर बोहरा आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले स्याङ्जाका दुबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । स्याङ्जा क्षेत्र नं. १ मा मिन प्रसाद गुरुङ र क्षेत्र नं. २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको हो ।
सल्यान जिल्लामा विभिन्न मुद्दामा अदालतबाट सजाय फैसला भई फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसले नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ गतेको निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ । नवनिर्वाचित सभापति गग
सप्तरीको महादेवा गाउँपालिका २ स्थित अकबरपुर टोलमा शनिबार आगलागी हुँदा दस लाखको क्षति भएको छ । स्थानीय बद्री मण्डलको तीन वटा घरमा आगलागी हुँदा दस लाख बराबरको क्षति भएको हो ।
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा ५१ देशका विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । तिलौराकोटमा सन् २०२५ मा ५० देशका ४
गुल्मीमा ३०१ निर्वाचन प्रहरी अपुग देखिएको छ । पहिलो भर्ना अवधीभित्र एक हजार २५९ जनाको आवेदन दर्ता भएको थियो । जसका कारण दुई दिन भर्नाको समय थप गरिएको थियो ।