सप्तरीको महादेवा गाउँपालिका २ स्थित अकबरपुर टोलमा शनिबार आगलागी हुँदा दस लाखको क्षति भएको छ । स्थानीय बद्री मण्डलको तीन वटा घरमा आगलागी हुँदा दस लाख बराबरको क्षति भएको हो ।
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा ५१ देशका विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । तिलौराकोटमा सन् २०२५ मा ५० देशका ४
गुल्मीमा ३०१ निर्वाचन प्रहरी अपुग देखिएको छ । पहिलो भर्ना अवधीभित्र एक हजार २५९ जनाको आवेदन दर्ता भएको थियो । जसका कारण दुई दिन भर्नाको समय थप गरिएको थियो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो ।
राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्यका लागि पार्टीको तर्फबाट उम्मेदवारको करिब टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले १६५ मध्ये अधिकांश निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
राष्ट्रियसभाको १९ औँ अधिवेशन माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ।
मकवानपुरका महिला जनप्रतिनिधिले स्थानीय तहमा वन, वातावरण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा शनिबार विभिन्न अग्रज तथा सक्रिय पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय गणेशबहादुर कामीले श्रीमती ६५ वर्षीया पम्फा कामीको टाउको र हातमा सनासोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा ‘श्रष्टा अधिकार तथा वर्तमान संगीत बजारमा विकृति र विसंगतिहरुको न्युनिकरण’ माथि छलफल कार्यक्रम सम्पन्न भएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।