लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा वैशाख १२ गते (शनिबार) घोराहीमा हुने ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किमि रोड रेस प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरूण चौधरीलाई पक्राउ गरिएको हो ।
लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
राजधानी काठमाडौँका मुख्य सडकहरु यतिबेला ज्याकाराण्डा फूलले निलाम्य बनेका छन् । वैशाख महिनामा फूल्ने यी आकर्षक फूलहरुले सहरको सौन्दर्य थप बढाएका छन् ।
। वीरेन्द्रनगर–३ की बिनु थापाको १७ वर्षको उमेरमा विवाह भयो । अहिले २५ वर्ष नपुग्दै उहाँ तीन सन्तानकी आमा भइसक्नुभएको छ । “उमेर पुगेको भन्दै आमा–बुबाले विवाह गरिदिनुभयो,” उहाँले सुनाउनुभयो । बाल्यकालका रहरहरू जिम्मेवारीमा परिणत भए ।
दाङको लमही बसपार्क क्षेत्रमा निर्माण गरिएका अस्थायी टहरा हटाइने भएको छ । लमही नगर विकास समितिले वडा नं. ५ अन्तर्गत बसपार्क क्षेत्रमा रहेका अस्थायी टहरा हटाउने निर्णय गरेको हो ।
पृथ्वी संरक्षणका लागि वन संरक्षण अपरिहार्य रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ, म्याग्दीले बिहीबार बेनीमा आयोजना गरेको ‘मौसम तथा जलवायु सूचना सेवा प्रणाली’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बसन्तकेशव अधिकारीले पृथ्वी जोगाउन वन जोगाउनुपर्ने बताउनुभयो ।
दुई वर्षको छोरालाई साथमै राखेर अदानचुली गाउँपालिका–५, काँखे गाउँकी २० वर्षीया लक्ष्मी शाहीले कालागाड खोला किनारमा गिट्टी फुटाएर आम्दानी गर्दै आउनुभएको छ ।
म्याग्दीमा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना अन्तिमचरणमा पुगेको छ । जिल्लाको रघुगंगा गाउँपालिकामा नौ वर्ष अघि निर्माण सुरु गरिएको आयोजना ढिला गरी सम्पन्न हुन लागेको हो ।
नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब २० अर्ब रुपियाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले १९ दिनका लागि उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–८ स्थित जलकुनाखोलामा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ–८ पाङथलीका ६५ वर्षीय हरीबहादुर ब्लोन रहनुभएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।
नेपाल–भारत सीमा नाकामा पछिल्लो समय कडा चेकजाँच र गस्ती बढाएसँगै प्रहरीले बाँकेमा एक ठुला लागुऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ ।
मध्यपूर्वमा जारी तनावका बिच इजरायल र लेबनानबीचको युद्धविराम थप अवधि लागि विस्तार गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस्तो घोषणा गर्दै इरानसँगको शान्ति वार्ता अझै अन्योलमै रहेको बताउनुभयो ।