प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमनका क्रममा पत्रकार आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दैछ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा स्वास्थ्य बिमा बापतको रकम समयमै प्राप्त नहुँदा अस्पतालको व्यवस्थापन तथा स्वास्थ्य सेवामा असर पर्ने देखिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालीगण्डकी नदी किनारमा २२ फिट अग्लो शालिग्राम शिलामा मूर्ति कुँद्ने कार्य तीव्र रूपमा भइरहेको छ । मूर्तिकारहरू शिलामा ढुंगा काट्ने र स्केच बनाउने कार्यमा तल्लीन छन् ।
वि.सं. २०६३ वैशाख ११ गते नेपाली इतिहासको एक स्वर्णिम दिन हो, जसले शताब्दीऔँ पुरानो निरंकुश राजतन्त्रको जग हल्लाइदियो र नेपाली जनतालाई सार्वभौमसत्ताको वास्तविक मालिक बनायो ।
नयाँ वर्षको सुरुवातसँगै नेपाली पात्रोले नयाँ स्वरूपसहित आफ्नो यात्रा अघि बढाएको छ । ‘आज कति गते ?’ भन्ने साधारण प्रश्नबाट सुरु भएको नेपाली पात्रो आज १ करोड ३० लाखभन्दा बढी डाउनलोडसहित विश्वभर छरिएका नेपालीहरूलाई तिथि–मिति, चाडपर्व तथा आफ्नै संस्कृति र पहिचानसँग जोड्ने डिजिटल माध्यमका रूपमा स्थापित भएको छ ।
सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे तालमा ‘कुपिण्डे चलचित्र पर्यटन महोत्सव–२०८३’ वैशाख १२ गते (शनिबार) आयोजना हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर ११३ जनालाई नियन्त्रणमा लिइएको छ ।
कोशी प्रदेश सरकारको बेवास्ताका कारण विराटनगरस्थित ‘शैलजा आचार्य हृदय रोग केन्द्र’ विस्थापनको सँघारमा पुगेको छ । अस्पताल सञ्चालन भइरहेको जग्गाको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३० दिनभित्र जग्गा खाली गर्न ताकिता गरेपछि प्रदेश सरकारले त्यहाँ रहेको अस्पताल संरचना जोखिममा परेको हो ।
सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि खोटाङको खोटेहाङ गाउँपालिकाले सो दिन विद्यालय सञ्चालन गर्ने भएको छ । सरकारको मन्त्रीपरिषद्को बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । अहिलेको पाठ्यक्रम अनुसार सरकारले दिएको दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने खोटेहाङ गाउँपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषधको बिक्री–वितरण, सेवन र ओसारपसारविरुद्ध नेपालगञ्ज र कोहलपुरमा विशेष अप्रेशन सञ्चालन गरेको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा सञ्चालनमा रहेका अस्पताल बन्द गराउन सुरु गरिएको छ । सो अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको आरोप लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, मलङ्गवा नगरपालिकालगायतका सरोकारवालाको टोलीले बिहीबारदेखि अस्पतालको अनुगमन सुरु गरी अवैध रूपमा सञ्चालन भएको भन्दै बन्द गराउन थालेको हो । अनुगमन टोली आएको सुइँको पाएपछि कतिपय अस्पताल सञ्चालक अस्पताल नै बन्द गरेर भागेको बताइएको छ ।
धनुषा जिल्लाका अधिकांश स्थानीय तहले सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सक्रिय भएका छन् । मिथिला, गणेशमान चारनाथ, छिरेश्वरनाथ, मिथिला बिहारी, सहिदनगरलगायतका स्थानीय तहले पूर्वसूचना जारी गरेर अतिक्रमित भवन तथा संरचना हटाउन अभियान नै सञ्चालन गरेका हुन् । यसै क्रममा मिथिला नगरपालिकाले पहिलो चरणमा ढल्केबर चोक क्षेत्रमा पूर्वपश्चिम लोकमार्ग तथा सहायक मार्ग मिचेर बनाइएका पक्की भवन र टहरा हटाउन सुरु गरेको छ । सडक विस्तार तथा व्यवस्थित सहरी विकासलाई ध्यानमा राख्दै अतिक्रमण हटाउने कार्य अघि बढाइएको नगरप्रमुख महेन्द्र महतोले बताउनुभयो ।
। सल्यानको कपुरकोटमा अन्तरनिकाय सहकार्यको नयाँ अभ्यास सुरु भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य बढाउने उद्देश्यले कपुरकोट गाउँपालिकामा अन्तरक्रिया तथा पूर्वबजेट छलफल सम्पन्न भएको हो ।
सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ । अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन् ।