जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पुस महिनाको प्रहरी प्रतिवेदनमा एक महिनाको अवधिमा १११ वटा सवारी दुर्घटना भएको खुलेको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ ।
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले चेक रिपब्लिकमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ।
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) आफ्नो ११ औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कोशी प्रदेशको विराटनगरमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महासचिव दिवस राईले बताउनुभयो ।
मानव अधिकारवादी कृष्ण पहाडीले लोकतन्त्रलाई लयमा फर्काउन तोकिएकै मितिमा प्रतिनिधिसभाको चुनाव हुनु पर्ने बताउनु भएको छ ।
धौलागिरिको एकमात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले शैक्षिक तथा प्रशासनिक गतिविधिलाई प्रभावकारी बनाउन ‘आदेश शृङ्खला’ नीति लागू गर्ने भएको छ ।
नवलपुरको देवचुलीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले आगामी वर्षदेखि शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ।
पाँचथरको सदरमुकाम फिदिममा आयोजित रैथाने खाना महोत्सव स्थल पुग्दा स्टलमा राखिएका खानेकुराले मन तानिहाल्छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ ।
म्याग्दीका २० जना किसानलाई पुरस्कृत गरिएको छ। बेनीमा सञ्चालित एघारौं माघे सङ्क्रान्ति मेला तथा कृषि प्रदर्शनीमा सहभागी भएका उत्कृष्ट किसानलाई नगद सहित पुरस्कृत गरिएको हो।
तामाङ समुदायले २८६२औं सोनाम ल्होछार टुँडिखेलमा मनाउने भएको छ। तामाङ समुदायले सोनाम ल्होसार माघ ५ गते टुँडिखेलमा मनाउन लागेको हो।
दशरथ रङ्गशालामा शनिबार भएको खेलमा आर्मीले मनाङलाई ५–० गोलले हरायो ।
सरकारले सन् २०२६ भित्र देशको सबै ग्रामीण भेगमा विद्युतिकरण सम्पन्न गर्ने घोषणा गरे पनि बझाङको अधिकांश बस्ती अझै अँध्यारोमै रहेको छ ।
नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नुभएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।
नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार चयन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।