काठमाडौँ, भदौ ३ गते । दोस्रो संस्करणको एभरेस्ट गहिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली मधेश युनाइटेडले नेदरल्याल्यन्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्धन गरेको छ ।
मधेशले पहिलो विदेशी खेलाडीको रुपमा मङ्गलबार रोमीलाई अनुबन्ध गरेको हो । आउट साइड हिटर रोमीले डच शीर्ष डिभिजन भलिबल लिगको क्लब सुडोसाडेस्टोकाबाट खेल्दै आउनुभएको छ । उहाँले सन् २०२४ मा सुडोसा–डेस्टोबाट डच युवा राष्ट्रिय च्याम्पियनसिप समेत जित्नुभएको थियो ।
रोमीले मधेश युनाइटेडबाट खेल्न पाउँदा उत्साहित रहेको समेत बताउनुभएको छ । एडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ । मधेशको मार्की खेलाडीमा निरुता ठगुन्ना हुनुहुन्छ ।