दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–४ दुलैया निवासी ४२ वर्षीय राजु भण्डारी रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
स्याङ्जाको वालिङमा सुविधासम्पन्न अस्पताल भवन निर्माण भएको एक वर्ष पूरा भएर हालसम्म पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण एक वर्षअघि नै सम्पन्न भएको हो । वालिङ नगरपालिका–१, रामबाच्छामा निर्माण गरिएको भवन निर्माणको काम सम्पन्न भएको र नगरपालिकाले अस्पताललाई सञ्चालनमा ल्याउन छलफल गरिरहेको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो ।
वन्यजन्तुको आक्रमण बढ्दै गएपछि बर्दियामा बाघ र चितुवालाई बस्ती पस्नबाट रोक्न नयाँ प्रविधिको परीक्षण सुरु गरिएको छ । मधुवन नगरपालिका अन्तर्गत खाता जैविक मार्ग आसपासका सामुदायिक वन क्षेत्रमा कृत्रिम गन्ध आउने रसायन प्रयोग गरेर परीक्षण अघि बढाइएको हो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रका बस्तीमा हरेक वर्षजसो बाघ र चितुवा जस्ता हिंस्रक वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ । यही समस्या न्यूनीकरण गर्न तराई भूपरिधि संरक्षण कार्यक्रमको सहयोग तथा डिभिजन वन कार्यालय र खाता सामुदायिक वन समन्वय समितिको समन्वयमा उक्त परीक्षण थालिएको हो ।

सटरभरि रैथाने हस्तकलाले सजिएका छन् । ढकिया, डेल्वा, डेल्या, भौका, डोक्नी, छिट्वा, गोन्द्री, मच्वा, खट्या, माटाका भाडा लगायत स्थानीय परम्परागत हस्तकला बिक्रीका लागि राखिएका छन् ।
देशको आर्थिक मेरुदण्डका रूपमा रहेका उद्योगी र व्यवसायीहरूले व्यापारिक प्रक्रियामा देखिएको अत्यधिक झन्झट अन्त्य गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नम्बर– २ र ६ को लोक्मा भन्ज्याङ–रिमुवा साहाघाट खण्ड हुने भएको छ। यस सडकखण्डमा सडक निर्माण कार्य गर्नुपर्ने भएकाले शुक्रबारदेखि वैशाख २६ गतेसम्म सडक बन्द गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत दिनेश ज्ञवालीले जानकारी दिनुभयो।
कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई कर्णाली प्रदेशको प्राथमिकताको आयोजनामा समावेश गरिएको छ । हालै बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकताको आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारको निर्णयपछि उक्त सडक विस्तारका लागि थप प्राथमिकतामा परेको हो ।
हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानअन्तर्गत सञ्चालन गरिएको भिटामिन ए र जुकाको औषधि खुवाउने कार्य ढिलाइका कारण अझै जारी रहेको छ ।
वीरेन्द्रनगर नगरपालिका–३ की बिनु थापाको १७ वर्षको उमेरमा विवाह भयो । अहिले २५ वर्ष नपुग्दै उहाँ तीन सन्तानकी आमा भइसक्नुभएको छ । उमेर बढेपछि बिहे गर्ने बेला भएको ठानेर आमाबाले बिहे गरिदिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विवाहपछि बाल्यकालका सबै रहर जिम्मेवारीमा परिणत भए ।’’
शासन सत्ता फेरिए पनि सप्तरीका जनताको जीवनशैलीमा अपेक्षित परिवर्तन आएको छैन । विपन्नदेखि मध्यम वर्गका परिवारसम्मको जीवनयापन झन् कठिन बन्दै गएको छ । गरिबीको समस्या दिनप्रतिदिन गहिरिँदै गएको स्थानीयवासी बताउछन् ।
स्थानीय तहमा अस्पताल निर्माणको कामले पूर्णता नपाउँदा सर्वसाधारण आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउने उद्देश्यले सरकारले स्थानीय तहमा पाँच वर्ष पूरा हुँदा पनि आधारभूत अस्पताल पूरा हुन सकेको छैन । सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल बनाउने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने कामका एकै साथ शिलान्यास गरेको थियो ।
कफी र सुन्तला उत्पादनमा सक्रिय स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालले उत्पादन गरेको कफीको बीउ अन्तरिक्ष पुगेर फर्किएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा