लगानी, रोजगारी, उत्पादन र व्यापार अर्थतन्त्रका मुख्य आधार हुन् । उत्पादन प्रक्रियाले समग्र अर्थतन्त्रलाई गतिशील बनाउँछ । आर्थिक क्रियाकलापको प्रतिफलमुखी प्रतिबद्धता राजनीतिक एजेन्डासँग जोडिएको हुन्छ । राजनीतिक सोच र अवधारणामा अर्थतन्त्र मुख्य आधार बन्नु पर्छ । अर्थतन्त्रको जग बलियो नभए समग्र विकासमा प्रभाव पर्ने हँुदा आर्थिक सुधार प्रमुख प्राथमिकतामा हुनु पर्छ । सुशासनबिना आर्थिक सुधारको परिणाम प्राप्त हुन सक्दैन ।
बागलुङ नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा २१ वटा निवेदन दर्ता भएका छन् ।
आज लोकतन्त्र दिवस । नेपालमा लोकतन्त्र आएको १९ वर्ष पूरा भएको छ । दोस्रो जनआन्दोलन २०६२/६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्र पुनस्र्थापना भएको सम्झनामा हरेक वर्ष वैशाख ११ गते विभिन्न कार्यक्रम गरेर
आय, रोजगारी तथा जीवन निर्वाहको दृष्टिले कृषिक्षेत्र राष्ट्रिय अर्थतन्त्र र मधेश प्रदेशको आर्थिक मेरुदण्डका रूपमा रहेको छ । मधेश प्रदेशमा करिब ६५ प्रतिशत खेतीयोग्य जमिन छ । कुल खेतीयोग्य जमिनको करिब ७८ प्रतिशतमा खाद्यान्न, ११ प्रतिशतमा दलहन, चार प्रतिशतमा नगदेबाली र तीन प्रतिशतमा तेलबालीको खेती हुँदै आएको छ । देशको कुल उत्पादनमध्ये करिब २०.५२ प्रतिशत खाद्यान्न, २०.७ प्रतिशत फलफूल, २५.८८ प्रतिशत तर
नियमित आयआर्जनका लागि रोजगारी वा स्वरोजगारी आवश्यक हुन्छ । नेपालको पछिल्लो समय रोजगारी सिर्जना ठप्पै जस्तो हुँदा बेरोजगारीको अवस्था कहालीलाग्दो छ । विशेष गरी राजनीतिक अस्थिरता र नीतिगत अन्योलले लगानी प्रवर्धन हुन सकेको छैन । नयाँ उद्योगधन्दा पनि खुल्न सकेको छैन । यसले मुलुकमा थप रोजगारीको सिर्जना हुन सकेन । बेरोजगार लाखौँ जनशक्ति रोजगार बन्नबाट वञ्चित भए । स्वदेशमा बेरोज
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ ।
ताप्लेजुङको फुङलिङबाट लेलेप ओलाङचुङगोला हुँदै नेपाल चीन सीमाना टिपताला भन्ज्याङ जोड्ने सुकेपानीमा तमोर नदीमाथि बेलिब्रिज जडान गर्न फक्ताङलुङ गाउँपालिकाले यातायात आवतजावतमा रोक लगाएको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
गुल्मी उद्योग वाणिज्य सङ्घले तम्घासको नुन्थलामा आयोजना गर्न लागेको ‘पाँचौं गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी आज (शुक्रबार)देखि सुरु हुँदै छ। यो महोत्सव वैशाख २३ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
नेपाली रङ्गमञ्चमा लामो समयदेखि सक्रिय नाटककार, निर्देशक एवं अभिनेता पुरु लम्सालको नयाँ नाटकसङ्ग्रह ‘निऋति’ पछिल्लो समय बजारमा आएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहनुभएका लम्साल लामो समयदेखि ‘नेपाली रङ्गमञ्चमा नेपाली नाटक’ भन्ने अभियान चलाइरहेका अभियन्तासमेत हुनुहुन्छ । उहाँले विदेशी नाटकको प्रभावलाई कम गर्दै नेपाली माटो र परिवेशका नाटक लेखिनु पर्छ र मञ्चन हुनु पर्छ भन्ने अभियानको नेतृत्व गर्दै आउनुभएको छ ।
सप्तरीमा एक युवक १२ दिनदेखि बेपत्ता भएका छन् भने भारतको उत्तर प्रदेशस्थित बनारस शहरबाट अर्का एक युवक २० दिनपछि बिहीबार फेला परेका छन् ।
पत्रकार, साहित्यकार तथा संस्कृतिविद् सुरेशकिरण मानन्धरको स्मृतिमा प्रकाशित सुरेशकिरण स्मृतिग्रन्थको लोकार्पण गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा काठमाडौँ महानगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सो स्मृतिग्रन्थ मानन्धरको ४५ दिनको पुण्यतिथिको अवसरमा प्रकाशन गरिएको हो ।
गायक प्रज्वल कार्कीको नयाँ गीत ‘चमेली’ सार्वजनिक भएको छ । मिलन भट्टराईको शब्द तथा सङ्गीत रहेको गीतमा कुशलसिंह निएलले सङ्गीत संयोजन गर्नुभएको छ । गीतमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीतमा भिडियोको प्रचारप्रसारका लागि ‘डान्स च्यालेन्ज’ को घोषणासमेत गरिएको छ । गीतमा उत्कृष्ट डान्स गर्नेलाई १५ हजार नगद राशि पुरस्कारका साथमा आगामी कुनै एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत प्रदान गरिने निर्माण युनिटले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘श्रम सहायता कक्ष’ लाई थप व्यवस्थित गरी चौबिसै घण्टा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ २८ पैसा र बिक्रीदर १५० रुपियाँ ८८ पैसा तोकिएको छ ।