• ११ वैशाख २०८३, शुक्रबार

लम्सालको नाटकसङ्ग्रह ‘निऋति’ बजारमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ११ गते । नेपाली रङ्गमञ्चमा लामो समयदेखि सक्रिय नाटककार, निर्देशक एवं अभिनेता पुरु लम्सालको नयाँ नाटकसङ्ग्रह ‘निऋति’ पछिल्लो समय बजारमा आएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहनुभएका लम्साल लामो समयदेखि ‘नेपाली रङ्गमञ्चमा नेपाली नाटक’ भन्ने अभियान चलाइरहेका अभियन्तासमेत हुनुहुन्छ । उहाँले विदेशी नाटकको प्रभावलाई कम गर्दै नेपाली माटो र परिवेशका नाटक लेखिनु पर्छ र मञ्चन हुनु पर्छ भन्ने अभियानको नेतृत्व गर्दै आउनुभएको छ ।

पुस्तकको भूमिकामा प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलले लम्सालको नाट्ययात्रालाई नेपाली नाटकको इतिहाससँग जोडेर चर्चा गर्नुभएको छ । पोखरेलका अनुसार नेपाली नाटक लेखनमा बालकृष्ण समको उत्तराधिकारीका रूपमा अशेष मल्ल देखिए झैँ मल्लको उत्तराधिकारीका रूपमा अहिले लम्साल सक्रिय छन् ।

नेपाली मौलिकता र रङ्गमञ्चीय अभियानलाई बुझ्न चाहने पाठक तथा रङ्गकर्मीका लागि शिखा बुक्सले उक्त सङ्ग्रहलाई बजारमा ल्याएको हो । सङ्ग्रहभित्र पाँच वटा फरक फरक स्वादका नाटक रहेका छन्