गायक प्रज्वल कार्कीको नयाँ गीत ‘चमेली’ सार्वजनिक भएको छ । मिलन भट्टराईको शब्द तथा सङ्गीत रहेको गीतमा कुशलसिंह निएलले सङ्गीत संयोजन गर्नुभएको छ । गीतमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीतमा भिडियोको प्रचारप्रसारका लागि ‘डान्स च्यालेन्ज’ को घोषणासमेत गरिएको छ । गीतमा उत्कृष्ट डान्स गर्नेलाई १५ हजार नगद राशि पुरस्कारका साथमा आगामी कुनै एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत प्रदान गरिने निर्माण युनिटले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘श्रम सहायता कक्ष’ लाई थप व्यवस्थित गरी चौबिसै घण्टा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ २८ पैसा र बिक्रीदर १५० रुपियाँ ८८ पैसा तोकिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म छ निर्जीवन बिमा कम्पनीले तीन अर्ब रुपियाँभन्दा बढी बिमा शुल्क सङ्कलन गर्दै बिमा बजारमा अग्रता लिएका छन् ।प्रतिस्पर्धा नयाँ उचाइमा पुगेको निर्जीवन बिमाक्षेत्रमा मर्जरपछि बजार संरचना र प्रतिस्पर्धाको स्वरूप दुवै परिवर्तन भएको छ ।
इन्धनको अत्यधिक मूल्यवृद्धि र कच्चा पदार्थसमेतको अभाव देखाउँदै पिउने पानीको मूल्यवृद्धि भएको छ । विराटनगरमा बढ्दो गर्मीसँगै पानीको मूल्यमा अन्तर्राष्ट्रिय परिस्थिति हाबी हुँदा उपभोक्ताको दैनिक लागत बढाएको छ । प्रशोधित शुद्ध पिउने पानी सङ्घ मोरङका अध्यक्ष श्रवणकुमार थापाका अनुसार उद्योगमा प्रयोग हुने बोतल, क्याप, ¥यापिङ रोल, जार र जारको क्यापको मूल्यमा ४० प्रतिशत वृद्धि भएको छ । यही बेला पेट्रोल र डिजेलको मूल्य पनि अत्यधिक हुँदा ढुवानी लागतसमेत बढेको छ, जसको असर पानीमा परेको हो ।
हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई साताअगाडि सबै स्थानीय तहलाई स्वीकृत दरबन्दीको एकमुष्ट विवरण मन्त्रालयमा पठाउन परिपत्र गरे पनि अहिलेसम्म ५५० भन्दा बढी स्थानीय तहले अझै स्वीकृत दरबन्दीको विवरण मन्त्रालयमा पठाएका छैनन् ।
नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले आज माइकिङ गरी सबैलाई अनुरोध गरेको छ ।
अत्याधिक गर्मी अर्थात् तातो हावाको लहर (लु) सम्बन्धी शीघ्र प्रतिकार्य राष्ट्रिय कार्यायोजना निर्माणका लागि सुझाव सङ्कलन गरिएको छ
जिल्लाको तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटस्थित सिद्द चमेरे गुफासम्म पुग्ने सडकमार्ग सहज नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न सकेको छैन ।
तमोर नदीले बगाएर बेपत्ता भएका बालक मृतअवस्थामा भेटिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज सम्पन्न भएको छ।
हुम्लाको उत्तरी क्षेत्र जोड्ने सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा खण्ड डेढ महिनापछि पुन: सञ्चालनमा आएको छ ।
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठसमक्ष पेस गरिएको छ ।