• ११ वैशाख २०८३, शुक्रबार

कार्कीको नयाँ गीत ‘चमेली’

blog

काठमाडौँ, वैशाख ११ गते । गायक प्रज्वल कार्कीको नयाँ गीत ‘चमेली’ सार्वजनिक भएको छ । मिलन भट्टराईको शब्द तथा सङ्गीत रहेको गीतमा कुशलसिंह निएलले सङ्गीत संयोजन गर्नुभएको छ । गीतमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीतमा भिडियोको प्रचारप्रसारका लागि ‘डान्स च्यालेन्ज’ को घोषणासमेत गरिएको छ । गीतमा उत्कृष्ट डान्स गर्नेलाई १५ हजार नगद राशि पुरस्कारका साथमा आगामी कुनै एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत प्रदान गरिने निर्माण युनिटले जनाएको छ ।

दिनेश पराजुलीको छायाङ्कन र विकास धमलाको सम्पादन रहेको गीतको भिडियोलाई  निकेश खड्काले निर्देशन गर्नुभएको हो । गीतकार मिलन भट्टराईको अफिसियल च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।