पाँचथरको सदरमुकाम फिदिममा आयोजित रैथाने खाना महोत्सव स्थल पुग्दा जोकोहीको मन त्यहाँ निर्मित स्टलमा राखिएका खानेकुराले तान्दछ ।
संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले शुक्रबार लेबनानी सेनाले आफ्नो देशको दक्षिणी सिमाना सुरक्षित राख्न आफ्नो क्षमता बलियो बनाउन थप स्रोत र आर्थिक सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको विषयमा अमेरिका समर्थक नहुने देश विरुद्ध आर्थिक शुल्क लगाउन सकिने संकेत दिनु भएको छ ।
सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ ।
बेँसीसहर नगरपालिकाले स्वीकृत दरबन्दीभित्र कार्यरत ९४ जना करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउन महिनादेखि लागू हुने गरी करार सेवामा रहेका ती कर्मचारीलाई हालै सामाजिक सुरक्षा कोषमा सहभागी गराएको हो ।
मोरङको ग्रामथान गाउँपालिका–४, जुरीखोला छेउको बाँसझ्याङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरूले प्रतिबद्धता जनाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गरि निर्वाचनलाई सघाउने प्रतिवद्धता जनाएका हुन् ।
भेरी अस्पतालले लामो समयदेखि बिमितको उपचार गरेबापतको ठुलो रकम भुक्तानी नपाएपछि अस्पतालमा बिमा सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।
बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गत राति करिब १० बजे मधुवन नगरपालिका वडा नं ४ गमक्कामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
कालीकोटको रास्कोट नगरपालिकाले सवारी तथा ढुवानीका साधनबाट उठाउँदै आएको सडक सेवा शुल्क (पट्के सवारी कर) हटाउने निर्णय गरेको छ । नगरसभामार्फत नगर क्षेत्रमा प्रवेश गर्ने सवारी साधनबाट लिइँदै आएको सवारी प्रवेश कर हटाइएको हो ।
चिसो मौसम सुरु भएसँगै देशका धेरै पर्यटकीय गन्तव्य सुनसान बन्दै गएका बेला विश्वप्रख्यात उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु संरक्षण क्षेत्रमा भने विदेशी पर्यटकको चहलपहल बढेको छ ।
माघ लहैली सुरिक सिकार खैली रे हा सखिय हो माघक पिली गुरिगुरी जार ।
काठमाडौँ महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोग अन्तर्गत कामपाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा सङ्घसंस्थाले आवेदन दिएका छन् ।
बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माणको काम तीव्र पारिएको छ । मार्तडी–कोल्टी सडक खण्ड कोल्टीसम्म पुगेको करिब २० वर्षपछि दानसाँगु खोलामा बल्ल बेलिब्रिज पुल निर्माण हुन थालेको हो ।
बिर्तामोड– भद्रपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः१५ बजे बिर्तामोड ८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१–०१–०१४ प ५११९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।