दक्षिणी अफ्रिकाका देश दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेमा निरन्तरको भीषण वर्षा र बाढीका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ । धेरै क्षेत्रमा अझै पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने भएको छ ।
संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकून् भनी आग्रह गरेका छन् ।
२६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आगमी माघ ९ गतेदेखि पोखरामा सुरु हुने भएको छ । आदर्श युवा क्लबको आयोजनामा पोखरा –२९ भण्डारढिक खेल मैदानमा माघ १६ गतेसम्म खेल सञ्चालन हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकरी दिइएको हो ।
गुल्मीको तम्घासमा भएको कार्यक्रमका सहभागीहरूले विपद् जोखिम न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ। विशेषगरी स्थानीय तह र समुदायबिच सहकार्यमा विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताइएको हो।
बडीमालिका नगरपालिकामा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका –९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।
पाँचथरको सदरमुकाम फिदिममा आयोजित रैथाने खाना महोत्सव स्थल पुग्दा जोकोहीको मन त्यहाँ निर्मित स्टलमा राखिएका खानेकुराले तान्दछ ।
संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले शुक्रबार लेबनानी सेनाले आफ्नो देशको दक्षिणी सिमाना सुरक्षित राख्न आफ्नो क्षमता बलियो बनाउन थप स्रोत र आर्थिक सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको विषयमा अमेरिका समर्थक नहुने देश विरुद्ध आर्थिक शुल्क लगाउन सकिने संकेत दिनु भएको छ ।
सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ ।
बेँसीसहर नगरपालिकाले स्वीकृत दरबन्दीभित्र कार्यरत ९४ जना करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउन महिनादेखि लागू हुने गरी करार सेवामा रहेका ती कर्मचारीलाई हालै सामाजिक सुरक्षा कोषमा सहभागी गराएको हो ।
मोरङको ग्रामथान गाउँपालिका–४, जुरीखोला छेउको बाँसझ्याङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरूले प्रतिबद्धता जनाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गरि निर्वाचनलाई सघाउने प्रतिवद्धता जनाएका हुन् ।
भेरी अस्पतालले लामो समयदेखि बिमितको उपचार गरेबापतको ठुलो रकम भुक्तानी नपाएपछि अस्पतालमा बिमा सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।
बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गत राति करिब १० बजे मधुवन नगरपालिका वडा नं ४ गमक्कामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।