हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानअन्तर्गत सञ्चालन गरिएको भिटामिन ए र जुकाको औषधि खुवाउने कार्य ढिलाइका कारण अझै जारी रहेको छ ।
वीरेन्द्रनगर नगरपालिका–३ की बिनु थापाको १७ वर्षको उमेरमा विवाह भयो । अहिले २५ वर्ष नपुग्दै उहाँ तीन सन्तानकी आमा भइसक्नुभएको छ । उमेर बढेपछि बिहे गर्ने बेला भएको ठानेर आमाबाले बिहे गरिदिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विवाहपछि बाल्यकालका सबै रहर जिम्मेवारीमा परिणत भए ।’’
शासन सत्ता फेरिए पनि सप्तरीका जनताको जीवनशैलीमा अपेक्षित परिवर्तन आएको छैन । विपन्नदेखि मध्यम वर्गका परिवारसम्मको जीवनयापन झन् कठिन बन्दै गएको छ । गरिबीको समस्या दिनप्रतिदिन गहिरिँदै गएको स्थानीयवासी बताउछन् ।
स्थानीय तहमा अस्पताल निर्माणको कामले पूर्णता नपाउँदा सर्वसाधारण आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउने उद्देश्यले सरकारले स्थानीय तहमा पाँच वर्ष पूरा हुँदा पनि आधारभूत अस्पताल पूरा हुन सकेको छैन । सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल बनाउने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने कामका एकै साथ शिलान्यास गरेको थियो ।
कफी र सुन्तला उत्पादनमा सक्रिय स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालले उत्पादन गरेको कफीको बीउ अन्तरिक्ष पुगेर फर्किएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
क्षेत्राधिकार साँघुरो भए पनि न्यायिक समितिमा उल्लेख्य संख्यामा मुद्दा आउन थालेका छन् । अदालतको प्रक्रियाभन्दा न्यायिक समितिहरू छिटो कार्यविधिमार्फत न्याय निरुपणमा सक्रिय छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ । अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिएको हो ।
‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो ।
प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारका रूपमा अघि बढाउन प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा सभा, समिति र सदस्यको हकमा नियमावली सङ्घीय कानुनका रूपमा विशेष कानुनसरह लागू हुने उल्लेख छ ।
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस सन् २०१९ देखि मनाउन प्रारम्भ भएको हो ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोकतन्त्र केवल शासन व्यवस्था मात्र नभई जीवन पद्धति पनि भएको बताउनुभएको छ ।