विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख १७ गते । सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ का ५६ वर्षीय डम्बर सिटलीया यादव, राजविराज नगरपालिका वडा नम्बर १६ का २४ वर्षीय दिपेन्द्र यादव र तिरहुत गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय पवन यादव रहनुभएको हो ।
मङ्गलबार बिहान हनुमानगर कंकालिनी ८ जोगिनिया टोलस्थित सार्वजनिक रोडमा सोही ठाउँकी ६० वर्षीया राधा देवी यादव, राम नारायण सिपलिया यादव र उहाँका छोरा ३५ वर्षीय को श्याम नारायण सिपलिया यादवलाई डम्बर सिपलिया समेतले जग्गा जमिनको विषयमा छलफल भइरहेको थियो ।
सोही बेला गाली–गलौज गर्नुका साथै टाउको लगायतका शरिरको विभिन्न भागहरुमा प्रहार गरी घाइते बनाई अभद्र व्यवहार गरेको कसुरमा प्रतिवादी मध्येका डम्बर सिपलिया यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
यस्तै, सोही दिन बेलुका राजविराज नगरपालिका–६ स्थित नेता चोकमा ड्युटीमा खटिएको प्रहरी टोलीले बा.३०प ९३६२ नम्बरको मोटरसाइकल रोकेको थियो। चालकले हेल्मेट नलगाएको पाइएपछि २४ घण्टे पुर्जी काटिएको थियो।
त्यस क्रममा मोटरसाइकलमा पछाडि सवार पवनले रसिद खोसेर च्यात्नुका साथै प्रहरीलाई गालीगलौज र हातपात गर्दै ड्युटीमा अवरोध पु¥याएका कारण अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको उहाँले बताउनुभयो।
पक्राउ परेका तीनैजना उपर अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।