बैतडीका १० वटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिका तल्लो स्वराड क्षेत्रमा पर्दछ । यस गाउँपालिकाले डडेलधुरा र भारतको चम्पावत जिल्लालाई छोएको छ । शिवनाथ गाउँपालिका र भारतको चम्पावत जिल्लालाई महाकाली नदीको सिमानाले छुट्याएको छ । नेपाली कांग्रेसबाट ४७ वर्षीय कर्णसिंह साउद दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । पहिलो कार्यकाल उहाँका लागि अनुभव र परीक्षण कालका रूपमा रहे पनि दोस्रो कार्यकालमा सर्वसाधारण नागरिकको सेवा तथा विकास निर्माणलगायत विविध विषयमा प्रस्तुत छ, अध्यक्ष साउदसँग गोरखापत्र दैनिकका लागि गोकर्ण दयालले गरेको कुराकानी :
बुढीगङ्गा नदीमाथि निर्माण गरिएको कालावन झोलुङ्गे पुल सञ्चालनमा आएको छ । १०५ मिटर लामो यस पुलले मङ्गलसेन नगरपालिका र चौरपाटी गाउँपालिका जोडेको छ । झोलुङ्ग पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत ५४ लाख ९६ हजार रुपियाँमा अनुदानमा उपभोक्ता समितिबाट उक्त पुल निर्माण गरिएको हो । २०७८ साल फागुनमा सम्झौता भई २०८० सालमा पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
अविरल वर्षाका कारण सिगास गाउँपालिका–८ स्थित लेकलुपुड माविको १२ कोठाको दुई वटा भवनमाथि पहिरो खसेको छ । बिहान एक्कासि माथिबाट पहिरो खस्दा ७२ लाख रुपियाँ लागतको चारकोठे नयाँ भवन र आठकोठे पुरानो भवन पहिरोमा पुरिएको हो ।
स्याङ्जाको भिरकोट नगरपालिकाले घरेलु मदिरा व्यावसायिक बनाउने भएको छ। पालिकाले घरेलु मदिरालाई ब्रान्डिङ गरी व्यावसायिक बनाउने योजना सार्वजनिक गरेको हो। पालिकाले १२ औँ नगर सभामा घरेलु मदिरालाई व्यावसायिक बनाउने योजना अघि सारेको हो। नगरपालिकाले कार्यपालिका बैठकबाट नीति तथा कार्यव्रmममा घरेलु मदिराको ब्रान्डिङ गर्ने र व्यावसायिक बनाउने निर्णय गरी नीति तथा कार्यक्रममा समावेश गरेको हो।
अब ग्राहकले नाइट क्लब गएबापत सरकारलाई कर तिर्नुपर्ने भएको छ। गण्डकी प्रदेश सरकारले नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट कर लिने भएको हो। सरकारले आर्थिक ऐन, २०८० मार्फत नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट २५ रुपियाँ कर लिने व्यवस्था गरेको हो।
सुरु सुरुमा त एकदम हतासिएको थिएँ । निराशाका बादल मडारिएर जिन्दगी नै रित्याए जस्तो लागेको थियो । म जस्तो मान्छे यो ठाउँमा आइपुग्नु, यस्तो स्थितिमा बाँच्न बाध्य हुनु, आफैँलाई अनौठो लाग्छ ।
जनशक्ति अभाव भएको भन्दै पर्वत अस्पतालले भिडियो एक्सरे सेवा बन्द गरेपछि पर्वतका सर्वसाधारण नागरिक उक्त सेवाबाट वञ्चित बनेका छन्। अस्पतालका निमित्त प्रमुख डा. रुक्मिणा अधिकारीले दक्ष जनशक्ति नहुँदा इमरजेन्सीबाहेकका सेवा बन्द गरिएको जानकारी दिनुभयो।
चुम्लाह सिँचाइ कुलो पुनर्निर्माण भएसँगै सिँचाइमा सहज भएको छ । गत वर्ष असोजमा आएको अविरल वर्षाले पूर्ण रूपमा बगाएको सिँचाइ कुलो स्थानीयवासीको सक्रियतामा पुनर्निर्माण भएपछि सिँचाइ सहज हुने भएको हो ।
२०७७ साल मङ्सिर १५ गते हतार हतारमा शिलान्यास गरिएका १५ बेडका अस्पतालको अवस्था लथालिङ्ग छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था दयनीय अवस्थामा छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले बाँदरलाई नियन्त्रणमा लिनका लागि खोर निर्माण गरेको छ। किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारिदिन थालेपछि बाँदरलाई नियन्त्रण गर्नका लागि खोर निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो। बाँदर खोरमा पसेपछि डराउन सक्ने र अन्य बाँदर डरले नआउने सम्भावना भएकाले यस्तो अभियान सुरु गरिएको उहाँले बताउनुभयो। बाँदरलाई खोरमा राखेपछि प्रजननमा वृद्धि नहुने भएकाले बाँदरको सङ्ख्या नियन्त्रणमा आउने तर्क गाउँपालिकाका अध्यक्ष युवराज केसीले गर्नुभयो।
जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
सधैँको शनिबार आउने पत्रिका आज आएन । उसले हरेक शनिबार प्रमुख तीन वटा दैनिक पत्रिकाहरू लिने गरेको छ । अरू दिन अफिसमै पढ्छ । शनिबार दिनभर घरमै बसेर पढ्नलाई
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडक (३५ किलोमिटर) निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। रुख कटानको काम ठप्प हुँदा काम अघि बढ्न नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले जानकारी दिनुभयो। सम्झौता गरिएको अवधि सकिनै लाग्दासमेत कामले गति लिन सकेको छैन। राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो। २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो। इन्जिनियर हरिजनले भन्नुभयो, “आयोजनाले वन विभागसँग रुख कटानका लागि प्रक्रिया अघि बढाएको छ। त्यसपछि कामको भौतिक प्रगति देखिने छ।”
म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा लालीगुराँस पार्क निर्माण गरिएको छ । लालीगुराँस पार्कले घोडेपानी र पुन हिलमा पर्यपर्यटन प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्य लिइएको छ ।
विगत पाँच वर्षको अवधिमा कर्णाली प्रदेशमा एक सय जनाभन्दा बढी मानव अधिकार रक्षक कुनै न कुनै रूपबाट पीडित बनेको पाइएको छ। सन् २०१८ (२०७५) देखि सन २०२२ (२०७९) सम्मको अवधिमा १०१ जना मानव अधिकार रक्षक पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्क छ।