खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशुल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ ।
तानसेन नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ६७ रुपियाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०–८१ का लागि पुँजीगततर्फ ४६ करोड ६६ लाख ३९ हजार ३६७ रुपैया रचालु खर्चतर्फ ५६ करोड १४ लाख २५ हजार रुपियाँ रहेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा बिर्तामोडका मिटरब्याजी नबराज विमलीको घर कब्जामा लिएको घोषणा गरेको छ । महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजीविरुद्ध संघर्ष र चेतावनी दिँदैआएको सो पार्टीले विर्तामोडमा प्रदर्शनसहित विमलीको घर कब्जामा लिएको जनाएको छ ।
आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को महानगरको बजेट भाषण गर्दै उपमेयर सुनिता डंगोलले महानगर टेलिभिजन स्थापना गर्ने बताउनु भएको हो।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि छ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको छ।
नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको सबै खेलमा हार खेपेको छ ।
चारवटा नगरपालिका र चारवटा गाउँपालिका गरी आठवटा स्थानीय तहहरू रहेको उदयपुर जिल्लाका सातवटा पालिकाले आइतबार आर्थिक वर्ष २०८०।०८१ लागि अनुमानित आय व्यय तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट करिब दुई किलो सुनसहित कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि १ अर्ब ९३ करोड आठ लाख २४ हजार रुपियाँ बजेट ल्याएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले एक सय स्थानीय तहमा महिला उद्यमशीलता कार्यक्रम विस्तार गरिएको जानकारी दिनुभएको छ।
छैटौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि विजय लिम्बु र समीक्षा राईले जित्नुभएको छ । फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषतर्फ विजय रमहिलामा समीक्षा च्याम्पियन बन्नुभएको हो ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुर्याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ । तस्बिरः दिलकुुमार लिम्बू/रासस
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबार पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गर्नुभएको हो ।