कैलालीमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो । यो दोभान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ । डल्फिन क्षेत्र पर्ने यो ठाउँमा यसअघि घडियालले बच्चा कोरलेको थिएन ।
बझाङ जिल्लाका १२ वटै स्थानीय तहले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएका छन् । हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनैपर्ने कानुनी प्रावधान छ । यहाँका अधिकांश पालिकाहरूले ल्याएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड दिएका छन् । प्रायःजसो पालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारी संरचना निर्माणमा जोड दिएका छन् । यस जिल्लाको दुर्गाथली गाउँपालिकाले गाउँपालिकाको भवन निर्माण, समपूरक अनुदानबाट प्राप्त योजना र कृषि क्षेत्रमा बढी जोड दिएको गाउँपालिका अध्यक्ष दिनबहादुर थापाले बताउनुभयो ।
कर्णाली प्रदेशका अधिकांश स्थानीय तहले आइतबार आफ्ना नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। प्रदेशका ७९ वटा स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म आधा जति स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट ल्याएका छन्। कतिपयले शक्रबार र शनिबार नीति र कार्यक्रम ल्याइसकेका छन्।
भौगोलिक विकटता, अशिक्षा, गरिबी तथा दबाब र प्रभावका कारण अधिकांश मानिस न्यायिक प्रक्रियाबाटै वञ्चित छन्। रुकुमपूर्वमा खास गरी महिला तथा बालबालिका आफूमाथि भएको हिंसा सहन बाध्य छन्। उहाँहरू उजुरी लिएर प्रहरी र अदालतसम्म जान सकिरहेका छैनन्। केहीलाई कानुनी प्रक्रियाका बारेमा जानकारी नै छैन। कतिपय आर्थिक अभाव तथा पीडक पक्षको दबाबका कारण न्यायिक निकायसम्म पुग्दैनन्।
तानसेन नगरपालिका र तानसेन खानेपानी उपभोक्ता समितिबिच विवाद उत्कर्षमा पुगेको छ। नगरपालिकाले उपभोक्ता समितिलाई अवैध भएको र तत्काल समितिको विधान कानुन अनुसार प्रमाणित गर्न निर्देशन दिएको छ। उपभोक्ता समितिले नयाँ उपभोक्ता समिति गठनको प्रक्रिया अघि बढाउन बार एसोसिएसन, पाल्पालाई जिम्मेवारी दिएको जनाएको छ। बार एसोसिएसनले निर्वाचन प्रक्रियासमेत अघि बढाएको छ तर तानसेन नगरपालिकाले निर्वाचन प्रक्रिया विधान प्रमाणित नभई अघि बढाउन नमिल्ने जनाएको छ।
अर्जुनचौपारी गाउँपालिकाको १३ औँ गाउँ सभामा जनयुद्ध र मधेश आन्दोलनलाई नीति तथा कार्यक्रम समेट्ने प्रयास गरेको छ। स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) तथा मधेशवादी दलले जितेको पालिकामा जनयुद्ध र मधेश अन्दोलनलाई समेट्नु स्वाभाविककै भएको बताइएको छ।
पछिल्लो समय योग सिक्ने र यसको साधना गर्नेको सङ्ख्या बढेको छ। पतञ्जली योगपीठ वालिङबाट सुरु भएको योग अभियान अहिले जिल्लाभर फैलिएको छ। वालिङमा पतञ्जली योगपीठको आफ्नै सुविधा सम्पन्न भवन र योग गर्ने ठाउँ रहेको छ। जहाँ नियमित ठुलो सङ्ख्यामा योग गर्नेको सहभागिता रहन्छ। प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने योग साधनामा वालिङवासीको सक्रिय सहभागिता रहने गर्छ। आचार्य बालकृष्णको गृह जिल्ला भएर पनि यहाँको योगको प्रभाव राम्रो देखिन्छ। तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादव र बाबा रामदेवले २०६८ सालमा उद्घाटन गरेको योग साधना कार्यक्रमको अहिले पनि उत्तिकै प्रभाव देखिन्छ। समितिका अध्यक्ष नारायणप्रसाद तिवारी पतञ्जली योग समिति स्याङ्जाको सक्रयतामा वालिङका विभिन्न वडामा नियमित योग साधना सञ्चालन हुने गरेको बताउनुहुन्छ ।
लम्पी स्किन रोगको सङ्क्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका दुईवटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिनुभयो ।
चितवनको कालिका नगरपालिकाले शक्तिखोर फिस्लिङ जोड्ने सडकसम्म पुग्ने सडक फराकिलो बनाउने कार्यलाई तीव्रता दिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ, उपरदाङगढी हुँदै शक्तिखोर खोलेसिमल भएर टाँडी निस्कने सडक निर्माण भइसकेको छ। कालिका नगरपालिका अन्तर्गत पर्ने खोलेसिमलदेखि शक्तिखोरसम्मको १३ किलोमिटर सडक विस्तार गर्दै कालोपत्रे गर्ने काम अगाडि बढाइएको छ।
अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। स्थानीय तहले असार १० गतेभित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगर सभामा पेस गर्नुपर्ने व्यवस्था स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ मा उल्लेख छ । यो व्यवस्था अनुसार स्थानीय तहले आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नु पर्छ ।
तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
नेपालको प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहँदै आएको गलैँचा उद्योगलाई प्रवर्धन गर्न दिइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा छुट सुविधा आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत एकै पटक खारेज भएको छ । कुल १२ अर्ब रुपियाँभन्दा बढी लगानी रहेको गलैँचा उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष करिब दुई लाख स्वदेशी श्रमिकले रोजगारी पाइरहेका छन् । यसै गरी ७० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि हुँदै आएको यो क्षेत्रले आव २०७८/७९ मा मात्रै १० अर्ब ६२ करोड रुपि
नेपालमा सन् १९५१/५२ अर्थात् विक्रम संवत् २००८ सालमा पहिलो बजेट वर्षको अन्त्यमा रेडियो नेपालमार्फत सार्वजनिक भएको थियो । कच्चा नछोड्नू, जम्मा नजोड्नू भन्ने ठाडो आदेशमा अर्थ व्यवस्था चलिरहेको बेलाको यो एउटा युगान्तकारी कदम थियो । तत्पश्चात् पहिले सन् वर्षको अन्त्यमा बजेट पेस हुँदै आएकोमा पछि आर्थिक वर्षको अन्त्यमा बजेट पेस हुँदै आएको थियो । नेपालको संविधान २०७२ जारीपश्चात् संविधानको धारा ११९ को उपधारा ३ मा “नेपाल सरकारको अर्थमन्त्रीले उपधारा (१) बमोजिम राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठको १५ गते सङ्घीय संसद्मा पेस गर्नेछन्” भन्ने संवैधानिक व्यवस्था भए अनुसार यस आर्थिक वर्ष २०८०/८
‘मिडिया साक्षरता’ साक्षरताको एक विस्तारित अवधारणा हो । यस अन्तर्गत मिडिया सन्देशहरू पहुँच र विश्लेषण गर्ने क्षमताका साथै सिर्जना, प्रतिविम्बित र कारबाही गर्ने क्षमता समावेश हुन्छ । यसमा सञ्चारकर्मी भन्दा पनि पाठक तथा जनतामा सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण भएका सम्पादकीय, लेख, आलेख आदिले विचार निर्माणको कस्तो भूमिका खेल्छ र एउटै सन्देशबाट मानिसमा कस्तो बुझाइको विकास हुन्छ र उनीहरूले के धारणा निर्माण गर्छन् भन्ने कुराको बोध हुन्छ ।