राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्त्विक महत्त्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ ।
कोशी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताउनुभएको छ ।
विद्यार्थीको मुहार मलिन भयो । गहभरी आँसु चुहाउँदै शिक्षिका रोए । गलामा दुवो र फूलको माला । सोमवार कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ बक्डरीयाको श्री आधारभूत विद्यालयका पूर्व प्रअको बिदाइले सबैजना भावुक बने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताउनुभएको छ ।
श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् ।
बुवाआमाको नागरिकता भएर पनि नागरिकता नपाउनुभएका सिद्धार्थनगर नगरपालिका –४ का गणेश धोबीले आइतबार नागरिकता पाएपछि खुसी हुनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि फोहोरको कम प्रयोग, पुनः प्रयोग र प्रशोधित प्रयोगमा विशेष जोड दिइएको छ ।
अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागूऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ ।
प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन चुहिन थालेको छ । भवन चुहिएर कतिपय संरचना भत्किएपछि विवाद सिर्जना भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती मन्त्रालयबाट सहमति प्राप्त भएपछि संसद्को यही अधिवेशनमा पेस गरिने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाबीच वर्षौँ देखिको सीमा विवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालिका १ दोबा र २ भुरुङ तातोपानीका बीच दुवै वडाको सीमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको उपभोगका विषयमा वर्षौँ देखि विवाद चल्दै आएको थियो ।