राजनीतिमा नागरिक जवाफदेहिताबिना लोकतान्त्रिक स्थायित्व हुँदो रहेनछ भन्ने विगतको अनुभवले सिकाएको छ। लोकतान्त्रिक आदर्श, मूल्य र मान्यताको अक्षरशः पालना राजनीतिक स्थायित्वको मापक हो भने ती मूल्यमान्यताप्रति राजनीतिक अभिकर्ताले खेल्नुपर्ने सकारात्मक भूमिका जवाफदेहिता हो। जवाफदेहिता पूरा हुँदा मात्र लोकतन्त्र फस्टाउँछ। लोकतन्त्रमा नागरिकको शासनमा सहभागी हुने र आर्थिक विकासको अधिकार सुनिश्चित हुने भएकाले राजनीतिक जवाफदेहिता महत्त्वपूर्ण विषय हो। विकास र राजनीतिको अधिकार एक अविभाज्य मा
नागरिकको राजकीय तथा सार्वभौमसत्ताको प्रयोग गर्ने अर्थात् विधि तथा कानुन निर्माण गर्ने मुख्य थलो संसद् हो। राष्ट्रिय जीवनमा दूरगामी महत्त्व राख्ने विषयमा सार्थक नीतिगत बहस गरेर सरकारलाई विकास प्रक्रियामा स्पष्ट दिशानिर्देश गर्ने थलो पनि हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माण गर्ने जस्तो महत्त्वपूर्ण कार्य यसले गर्छ। यसको काम भनेको नीति बनाउने, कानुन बनाउने र निर्मित नीति तथा कानुन सरकारबाट कार्यान्वयन भए नभएको बारेमा सूक्ष्म अनुगमन गर्ने हो। सं
नेपालका पहिलो प्रधान न्यायाधीश हरिप्रसाद प्रधानले त्यो बेलामा जमाएको विश्वासको चर्चा अदालतहरूमा अहिले पनि भइरहेकै छ। न्याय क्षेत्रमा काम गरिरहेका सबैले त्यो सिको गर्न जरुरी छ। यता आएर उहाँले कमाउनुभएको विश्वास केहीले गरेको कामबाट धर्मराएको छ। बहुदा मानव मात्रको स्वार्थी स्वभाव अहिले न्याय क्षेत्रमा पनि रा
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनर्संरचना गर्न एक उच्चस्तरीय समिति गठन गर्नुभएको छ । नार्कका पूर्वकार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङको नेतृत्वमा पाँच सदस्यीय नार्क पुनर्संरचना उच्चस्तरीय समिति गठन गरिएको छ । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईका अनुसार समितिका सदस्यहरूमा कृषि विश्वविद्यालयका अवकाशप्राप्त प्रोफेसर प्राडा दुर्गामणि गौतम, कृषि मन्त्रालयका सहसचिव सबनम सिवाकोटी, पशु तथा मत्स्य अनुसन्धान केन्द्रका निर्देशक डा. डोजराज खनाल र सदस्य सचिवमा नार्कका प्रशासन निर्देशक नवीन पौडेल रहनुभएको छ ।
निजी क्षेत्रका ऊर्जा उत्पादकले विभिन्न ३० जलविद्युत् आयोजनाको करिब पाँच सय मेगावाट विद्यत् खेर जान थालेको औँल्याएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान कार्यालयमा भएको छलफलमा ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणले ३० जलविद्युत् आयोजनालाई आफ्नो क्षमताको आधा मात्रै विद्युत् उत्पादन गर्न बाध्य पारेको र यसबाट पाँच सय मेगावाट उत्पादन बन्द गराइएको आरोपसमेत लगाएका छन् ।
दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘नीरफूल’ लाई ‘हाइप्रोफाइल’ दर्शकको साथ मिल्ने क्रम जारी छ । यो मेसोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार कलाकारसँगै यो फिल्म हेर्नुभयो । मन्त्री किरातीसँगै फिल्म हेर्न निर्देशक फूलमान बल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङ सिभिल मलस्थित क्युएफएक्सको हलमा पुग्नुभएको थियो । पूरै समय बसेर फिल्म हेरेपछि मन्त्री किरातीले त्यसको प्रशंसा गर्नुभयो ।
नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित समर मुभी सिरिजमा रोमान्टिक कमेडी चलचित्र ‘लभ, साइमन’ प्रदर्शन गरिएको छ । ललितपुरको लबिमस्थित क्युएफएक्स सिनेमा हलमा बिहीबार ग्रेग बर्लान्टीद्वारा निर्देशित चलचित्र प्रदर्शन भएको हो । सन् २०१८ मा रिलिज भएको यो चलचित्रमा हाइस्कुल अध्ययनरत समलिङ्गी किशोरको कथा रहेको छ । बेकी अल्बर्टालीको उपन्यास ‘साइमन भर्सेस् होमो सेपियन्स एजेन्डा’ मा आधारित यस चलचित्रमा निक रोबिन्सन, जोश दुहामेल र जेनिफर गार्नरको प्रमुख अभिनय रहेको छ । शिक्षक, परिवार र साथीभाइसँग आफ्नो लैङ्गिक पहिचानलाई लुकाइरहेको किशोरले प्रेम प्राप्त गर्न गर्नु परेको सङ्घर्षलाई यस चलचित्रमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वरमा ‘जङ्गे पिल्लर’ सार्वजनिक भएको छ । राष्ट्रिय अखण्डता र स्वतन्त्रताको भाव समेटिएको गीतले वर्षौंदेखिको नेपाल–भारतबिचको सीमा समस्या समाधानको विषय उठान गरेको छ । गीतमा शब्द रचना र सङ्गीत जोसेफ शाही ठकुरीको छ । उदयराज पौडेलको सङ्गीत संयोजन र किशोर थापाको ध्वनि सम्पादन रहेको गीत ए–वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको सम्पादन र पोस्टर डिजाइन विष्णु खड्काले गर्नुभएको हो ।
निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’ को अस्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न गर्नुभएको छ । आइतबार पहिलो पटक तास्मानियाको होबार्टमा सम्पन्न ‘हेरिटेज अफ फेसन’ मा स्थानीय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
घाटामा सञ्चालन हुँदै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको चालु आर्थिक वर्षमा २० करोड रुपियाँ नोक्सानी थपिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र सिमेन्ट उत्पादन लागत बढ्दै जाँदा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।
घरबाट निस्कने प्लास्टिकजन्य फोहोरलाई मोहोरमा परिणत गरेर भरतपुर महानगरमा ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड’ भन्ने नेपाली उखानलाई चरितार्थ गरिएको छ। प्लास्टिकजन्य फोहोर जटिल समस्या बनिरहेकै बेला यही प्लास्टिकले हस्तकलाका सामान बनाउन सकिने हो भने मोहोर कमाउन सकिने सजिलो उपाय देखिएको छ। यसका लागि स्वदेश तथा विदेशमा बजार प्रवर्धन गर्न जरुरी छ। भरतपुर महानगरपालिका–९ की शोभा थापामगरले अहिले यस्तै फोहोरमा जाने प्लास्टिक जम्मा गरेर ढकिया, चकटी, गमलालगायतका हस्तकलाका सामग्री बनाउनुहुन्छ। उहाँले ती सामग्री बिक्री गरेर घरखर्च चलाइरहनुभएको छ भने कति साथीभाइलाई उपहारसमेत पठाउने गर्नुहुन्छ।
नेपालमा लागुऔषधको प्रयोगबाट २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । हाल नेपालमा एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको तथ्याङ्क छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा गृह मन्त्रालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यस्तै नेपाल प्रहरीका अनुसार २०७९ सालको चैतसम्म लागुऔषध अपराधमा चार हजार २२० जना पक्राउ परेको र अपराधमा संलग्नमध्ये लागुऔषधसँग सम्बन्धित अपराधको हिस्सा २० दशमलव ७३ प्रतिशत रहेको छ । हाल पाँच हजार ९११ लागुऔषध मुद्दाका कैदीबन्दी रहेको र करिब पाँच हजार उपचार तथा पुनस्र्थापना केन्द्रमा रहेको तथ्याङ्क छ ।
धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरिया मार्फत सामान ढुुवानी गर्नुपर्छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट सार्वजनिक गरेसँगै प्रदेशभित्रका स्थानीय तहले आगामी आवका लागि बजेट ल्याउने क्रम जारी छ। असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाका कारण अधिकांश पालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँ तथा नगर अधिवेशनमा प्रस्तुत गरेका छन् । कतिपयले बजेटपछि सार्वजनिक गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ । धादिङबाट प्रतिनिधित्व गर्नुहुने सांसद रामनाथ अधिकारीले प्रधानमन्त्रीले निर्वाचित भएपछि आफूहरूसँग यसै वर्ष बुढीगण्डकी परियोजना शिलान्यास हुने बताउनुभएको स्मरण गराउँदै ‘शिलान्यास कहिले हुन्छ ?’ भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री प्रचण्डले असार महिनामा नै कार्यालय उद्घाटन र जलविद्यत् आयोजनाको शिलान्यास हुने बताउनुभयो । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिनुभयो ।