१९औँ एसियाली खेलकुदका लागि तरूण सरदेसाईलाई नेपाल गल्फ सङ्घले प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ सङ्घ र तरूण सरदेसाई बीच एसियन गेम्सको लागि सम्झौता भएको छ ।
नेपाल भलिबल सङ्घको आयोजनमा सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० असार अन्तिम साता हुने भएको छ ।
नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशाङ्क कोइरालाले कांग्रेस र नेकपा (एमाले) बीचको नयाँ समीकरण बन्नेबारेमा बाहिर हल्ला चले पनि पार्टी सभापति शेरबहादुर देउवासँग कुरा हुन बाँकी रहेको बताउनुभएको छ ।
किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सञ्चारमाध्यमले महत्त्व दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।
चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ ।
गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला र सांसद डा.आरजु राणा देउवालाई पक्राउ गर्न कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ ।
सडक सबैको साझा भए पनि सवारी चलाउन र पैदल हिँड्नका लागि बनाइएको स्थान हो । राजधानीको यातायात सहज बनाउन ठुलो धनराशि खर्चिएर सडक चौडा, फराकिलो र सुन्दर बनाउने काम हुनु पक्कै राम्रो हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती मन्त्रालयबाट सहमति प्राप्त भएपछि संसद्को यही अधिवेशनमा पेस गरिने बताउनुभएको छ ।
सुनकोशी गाउँपालिका ओखलढुङ्गाले बसाइँ सरी आउनेलाई दुहुनो गाई उपहार दिने भएको छ । गाउँपालिकाको १३ औँ गाउँ सभाले बसाइँ सरेर आउने परिवारलाई ३० हजार बराबरको दुहुनो गाई उपहार दिने नीति पारित गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले झण्डै ७२ करोडको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ७१ करोड ८८ लाख ७८ हजार ७६० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै हुनुहुन्छ । उहाँले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाउनुभएको थियो ।
साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ ।
बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको मेची राजमार्गस्थित रहेको हेँवा खोलाघाटमा डाइभर्सनको काम सकिएको सूचना पाएपछि संयौं सवारी साधन त्यसतर्फ लम्किए । सामाजिक सञ्जालमा आएको सो सूचनाका भरमा अघि बढेका सवारी साधन अहिले अलपत्र परेका छन् ।