लाग्छ, मान्छेको मनले सबैभन्दा धेरै सम्झिने कुरामध्ये एक हो– गाउँ । आफ्नो गाउँ । आफू जन्मेको, हुर्केको, तातेताते गर्दै हिँडेको, हाँसेको, खेलेको, मन दुखाएर रोएको, उकाली–ओराली
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
झापामा अलगअलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका –२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सरकारमा बसेकाहरूमा दृढ इच्छाशक्ति नहुँदा गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कार्यमा अवरोध भएको बताउनुभएको छ । प्रेस चौतारी कैलालीले सोमबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टले एमालेकै अगुवाइमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सर्वदलीय बैठक बसेर सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरिएको स्मरण गराउनुभयो । सरकारको नीति तथा कार्यव्रmममा समावेश विश्वविद्यालय बनाउने निर्णय बजेटमा भने नराखिएकोप्रति उहाँले गुनासो गर्नुभयो ।
भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीले काम नगरेर मासिक करिब दुई लाख रुपियाँ तलब भत्ता बुझेको पाइएको छ । उनीहरूले हाजिरीसमेत नगरी तलब भत्ता बुझेका छन् । जिल्लामा पहिलो पटक २०७७ सालको फागुनमा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएको हो । जिल्ला समन्वय समितिका संयोजक मन्जन कार्कीका अनुसार अहिलेसम्म भूमिहीन समुदायका लागि जिल्लाको भूमि आयोगले कुनै पनि काम सम्पादन गर्न सकेको छैन । तलब भत्तामा मासिक दुई लाख ९७० रुपियाँ खर्च हुँदै आएको छ ।
लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको छ। लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, रोल्पा, रुकुम, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र पश्चिम नवलपरासी जिल्लामा यो रोगले पशु चौपाया मर्ने गरेका छन्। पछिल्लो दुई महिना यता यो रोगले भयानक रूप लिएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेशमा अहिले ७७ हजार ९१३ गाई, भैँसीमा सङ्क्रमण देखिएको दिर्नेशनालयले जनाएको छ। रोगका कारण हालसम्म दुई हजार ८३५ गाई, भैँसीको मृत्यु भएको छ। निर्देशनालयका निर्देशक डा. परबेज आलमका अनुसार यस प्रदेशका १२ वटा जिल्लामध्ये अहिले सबैभन्दा धेरै रोल्पा जिल्लाका पशुमा यो सङक्रमण देखिएको छ । रोल्पामा अहिलेसम्म २७ हजार पशु सङ्क्रमित भएका छन् भने एक १३९ पशुको मृत्यु भएको छ।
सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् ।
दाङमा लागुऔषध दुर्व्यसनीका घटना बर्सेनि बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको बितेका तीन वर्षको तथ्याङ्कले जिल्लामा लागुऔषधका घटना बर्सेनि बढेको देखाउँछ । दाङमा प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जनालाई पक्राउ गरेको छ । गत वर्षको साउन महिनादेखि जेठ महिनासम्म दर्ता भएका विभिन्न प्रकृतिका ५६ वटा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जना लागुऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका हुन् । जसमा २३४ ग्राम ६७२ मिलीग्राम ब्राउनसुगर (खैरो हिरोइन) सहित सबैभन्दा धेरै ९४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरीक्षक गौतमका अनुसार १०
मधेश प्रदेश अन्तर्गत सञ्चार क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारद्वारा गठित आमसञ्चार प्राधिकरणलाई सबल बनाउनुपर्ने धारणा व्यक्त गरिएको छ। सोमबार यहाँ आयोजित एक कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्राधिकरणलाई काम गर्न आवश्यक वातावरण तयार हुन नसकिरहेको बताउनुभयो। आठवटै जिल्लामा सञ्चार क्षेत्रको समस्या समाधान गर्न तथा मिडियालाई सशक्त बनाउन प्राधिकरणलाई जनशक्ति र स्रोत साधन उपलब्ध नहुँदा समस्या भइरहेको उहाँले प्रष्ट पार्नुभयो।
दमक नगरपालिकाले सुत्केरी आमालाई पोसिलो खाना उपलब्ध गराउने, गर्भवती महिला तथा नगरवासीका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा दिने नीति तथा कार्यक्रममा ल्याएको छ। एक अर्ब ८४ करोड १२ लाख ३९ हजार रुपियाँ बराबरको बजेटसहितको नीति तथा कार्यक्रम दमक नगरपालिकाले ल्याएको हो। सुत्केरी तथा पाँच वर्ष मुनिका बालबालिकालाई र नियमित रगत चढाउनु पर्ने बिरामीका लागि ल्याब परीक्षण गरेबापत लाग्ने रकम नपाले तिरिदिने नीति ल्याएको छ। रेडक्रसले ल्याब परीक्षणबापत भन्दै रगतको पैसा लिँदै आएको छ। यस्तै सरकारी दमक अस्पतालमा पोस्टमार्टम सेवा निःशुल्क गर्ने उल्लेख गरिएको छ। दमक नगरभित्र बसोबास गर्नेहरूले मात्र यो सुविधा पाउने छन्। यसै गरी दमक अस्पतालमा ‘जलन उपचार कक्ष’ बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले विपन्न तथा स्थानीय सरकारबाट अपेक्षा गर्ने समूह तथा नागरिकलाई नगरले दिने सेवालाई सहज बनाउने गरी नीति तथा कार्यक्रममा प्राथमिकता रहेको बताउनुभयो। “अति विपन्न तथा विपन्न वर्गका व्यक्तिले स्थानीय सरकार भएको अनुभूति गर्ने किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,” उहाँले भन्नुभयो।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०=०८१ क लागि ल्याएको बजेटमाथि (आज) मङ्गलवारबाट छलफल सुरु हुने भएको छ ।
इलामको माङ्सेबुङ गाउँपालिका वडा ५ को लारुम्बामा गए राति भएको आगलागीमा सात घर नष्ट भएका छन् । बाँझो स्थित प्रहरी चौकीका अनुसार आगोले हर्कबहादुर चेम्जोङ, पदम इवा, माङ्गेना साम्बाहाम्फे, अनु चेम्जोङ, नरहाङ लावती, लोकहाङ लावती र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् ।
पशुपतिनाथको शिवलिङ्गमाथि पानीको धारा चुहाउन सुनको जलहरी राख्दासमेत घोटालाबाजी भएको आशङ्काले चलेको विवाद निप्टारा लाग्दै छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच गरेपछि यो निप्टारा लाग्न लागेको हो। चाँदीको जलहरी हटाएर स्वर्ण जलहरी राख्ने क्रममा सुनको परिमाणमा अनियमितताको आशङ्का महालेखा परीक्षकको प्रतिवेदनले उठायो। अनि अदालतमा मुद्दा प¥यो। त्यसपछि महालेखाको प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाउने सिलसिलामा आइतबार जलहरी प्रयोग भएको सुनको परिमाण नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ।