उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संयुक्त राष्ट्र सङ्घको शान्ति अपरेसनका उपमहासचिव जिन पियरे ल्याक्रोइक्सबीच भेटवार्ता भएको छ। मंगलबार रक्षा मन्त्रालयमा मन्त्री खड्का र उपमहासचिव जिनबीच भेटवार्ता भएको हो।
बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ ।
नेपालले भारतमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलले हरायो ।
प्युठानको नौबहिनी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाका ८ वटै वडाका नागरिकलाई लाभ दिनका लागि एम्बुलेन्स सेवा सुरु गरिएको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । मङ्गलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले महानगर प्रमुख साहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
नवलपुरकाे मध्येविन्दु नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकताको भीड थेग्न मुस्किल भएपछि टोकन प्रणाली लागु गरिएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ लागु भएपछि गएको आइतबारदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवा तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानको अत्यन्तै भीड बढेको छ ।
बागमती प्रदेश सभाको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यले अवरोध गरेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएको पूर्वी खण्डमा ३८.५९ प्रतिशत काम सकिएको छ । (बर्दघाट–सुस्तापूर्व) मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।
सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनस्थित मुसहर बस्तीमा स्थानीयले पालेका पशु चौपायालाई मङ्गलबार निःशुल्क भ्याक्सिन लगाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ । गत असार ४ गते मन्त्रिपरिषदमा पेस गरिएको सो विधेयक त्यहाँबाट स्वीकृति प्राप्त हुने बित्तिकै संसदमा पेस गर्ने उहाँको भनाइ थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज (मङ्गलबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलव ३६ पुगेको छ ।
ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार काठमाडौंबाट शाहलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो।