मुखको क्यान्सर ओठ, मुख वा घाँटीको माथिल्लो भागमा लाग्ने क्यान्सर हो । पान, सुपारी, चुरोट, बिँडीको अत्यधिक प्रयोगका कारण भारतमा यो क्यान्सर तेस्रो स्थानमा पर्दछ । नेपाल विशेषतः
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले संविधानले दिएको अधिकारको अधिकतम उपयोग गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ। मुस्लिम समुदायका जनप्रतिनिधिको क्षमता विकास तथा सशक्तीकरणका लागि जनकपुरधाममा मुस्लिम आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले समाजलाई अगाडि बढाउनकै लागि संविधान निर्माण भएको भन्दै संविधानमा उल्लेखित अधिकारको बारेमा जानकारीसमेत राख्नुपर्नेमा जोड दिनुभयो।
नदी कटानको उच्च जोखिममा परेको बेलका नगरपालिका–८ स्थित मेखबारी क्षेत्रको खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन ‘रिभेटमेन्ट वाल’ अर्थात् कटान क्षेत्रको भित्तो संरक्षणको कामले निरन्तरता नपाएपछि सो क्षेत्रमा थप जोखिम बढेको छ। बिचमा बग्नुपर्ने नदी पूर्वी किनारबाट पश्चिमतिर मोडिएर पानीको सम्पूर्ण बहाव पश्चिमी किनारमा एकीकृत हँुदै गएपछि सुनसरी मोरङ सिँचाइ आयोजनाले करिब सात करोड रुपियाँको लगानीमा यसअघि निर्माण गरेको दुई सय मिटर लामो ‘लन्चिङ एप्रोच’ सहितको रिभेटमेन्ट वाल अर्थात् कटान क्षेत्रको भित्तो संरक्षणको कामले निरन्तरता नपाउँदा सो क्षेत्रमा थप जोखिम बढेको हो।
नुवाकोटको तारकेश्वर गाउँपालिका –६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।
विश्वव्यापी रूपमा मानव समुदायको सामूहिक समस्या र बहुपक्षीय सरोकारका रूपमा रहेको लागुऔषध/पदार्थको प्रयोग नेपालमा पनि गम्भीर समस्याका रूपमा देखिएको छ। नेपालमा हाल एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन्। तिनमा पनि २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी प्रभावित भएको तथ्याङ्क गृह मन्त्रालयबाट सार्वजनिक भएको छ। लागुऔषधले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ। यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ। देशका कर्णधार शक्ति युवापुस्ता नै शारीरिक, मानसिक ऊर्जा ध्वस्त पार्ने लागुऔषधको कुलत र दुव्र्यसनमा पर्नु एउटा व्यक्ति, परिवारको मात्रै होइन; समुदाय र देशकै शक्ति क्षय हुनु हो।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको एक सामुदायिक विद्यालयले प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको छ । रेसुङ्गा नगपालिका –८ खानीगाउँमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यसै शैक्षिक सत्रदेखि हप्तामा एक पटक चिकित्सक र दैनिक नर्सको व्यवस्था गरी प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको हो ।
प्रजातन्त्र पुनःप्राप्तिपछिको पहिलो निर्वाचित सरकारले सरकारको कार्यक्षेत्र पुनःपरिभाषा गर्दै सङ्गठन सुधारका काम आक्रामक रूपमा अगाडि बढाएको थियो। प्रधानमन्त्रीको अध्यक्षतामा गठित प्रशासन सुधार आयोगको प्रतिवेदनले निजामती सेवाको आकार एक लाख सात हजारको दरबन्दीबाट ७७ हजारमा झार्ने, व्यापारिक प्रकृतिका कामबाट सरकारले हात झिक्दै विनिवेशमा जाने र सङ्गठन उपयुक्ताकारमा ल्याउने सुझाव दिएको थियो। प्रतिवेदन ५० प्रतिशत जति मात्र कार्यान्वयन भयो। केही सङ्ख्यामा कर्मचारी कटौती त गरियो तर प्रशासनले प्रतिवेदनलाई थाहा नपाउने गरी पन्छाउने रणनीति लियो सेवा करारका नाममा। घटाएको भन्दा बढी नै सङ्ख्यामा कर्मचारीहरू करारमा थपिए। पछि यो सङ्ख्या ३२ हजारसम्म पुग्यो।
नेपाल कृषिका लागि पर्याप्त सम्भावना भएको देश हो तर दुर्भाग्य हाम्रो पुस्तासम्म आइपुग्दा नेपाल कृषिप्रधान देश भनेर चिनाउन अप्ठेरो लाग्ने अवस्था भइसकेको छ। कृषिमा दिन प्रतिदिन परनिर्भर बढ्दै छ। कृषियोग्य जमिन मासिँदै र बाँझिँदै छन्। मानिसहरू जति जति गाउँबाट सहरतिर बसाइँ सरेका छन्, त्यति त्यति कृषि उत्पादन पनि खुम्चँदै गएको छ। धान खेतीका लागि पनि अरू खेती जस्तै बीउ, भूमि, कृषि औजार, किसान, भूमिमाथिको अधिकार आदि महत्वपूर्ण विषय हुन्।
मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो ।
मकवानपुर प्रहरीले अवैध रुपमा ल्याएको कपडा, चकलेट र माछा बरामद गरेको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठकमा आज (बुधबार) बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एक जना यात्रुको बिदाइ वा स्वागतमा तीन जना मात्रै जान पाइने भएको छ । विमानस्थलको टर्मिनल भवनबाहिर अत्यधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सम्भावित हवाई सुरक्षा जोखिमलाई ध्यानमा राखी विमानस्थल सुरक्षा समितिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।
बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्राप्त हुने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको डाँडो एकल महिलाको जीवनको सहाराका रूपमा रोजगारी दिने केन्द्र बनेको छ । स्याउ, ओखर, कागजी बदाम र नास्पातीका करिब ६० हजार बिरुवा हुर्काइरहेको सतबाँझको २९ हेक्टर क्षेत्रफलमा महिलाले मल बोक्ने, कान्ला खन्ने र बोटबिरुवा गोडमेल गर्ने काम गरेर वर्षभरि ४० लाख रुपियाँ कमाउने गरेका छन् । सुर्नया गाउँपालिका–२ की एकल महिला द्रोपती पाण्डेयले सतबाँझको सुक्खा डाँडो जीवनको सहारा भएको बताउनुभयो । दुई दशकदेखि फलफूल विकास केन्द्रमा नियमित ज्याला मजदुरी गर्दै आउनुभएकी पाण्डेयले छोराछोरी हुर्काउने, पढाउनेदेखि सरकारी जागिरेसम्म पु¥याएको बताउनुभयो ।
कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण सृजित आर्थिक सामाजिक प्रतिकूलताका कारण १५ औँ पञ्चवर्षीय योजनामा अपेक्षित सफलता हात पार्न नसकेको निष्कर्षसहित राष्ट्रिय योजना आयोग १६ औँ पञ्चवर्षीय योजनाको (२०८१/८२–२०८५/८६) तयारीमा जु्टेको छ । आगामी माघसम्ममा मस्यौदा तयार गरिसक्ने गरी थालिएका आवधिक योजना निर्माणको प्रक्रियामार्फत आर्थिक सामाजिक रूपमा अग्रगामी योजना, संरचनागत परिवर्तन र प्राकृतिक स्रोतसाधनको उच्चतम सदुपयोगमा बढी जोड दिइने आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताउनुभएको छ ।