सांसदहरूले मनसुनी विपद्जन्य घटना, वैदेशिक रोजगारीमा जाने नेपालीको विपद्, ललिता निवास जग्गा प्रकरणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चता मात्र प्रमाणित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताउनुभएको छ ।
उमेर ढल्कियो । तन्नेरी रसरङ सकियो । श्रीमान् १० वर्ष पहिल्यै बित्नुभयो । सन्तान र आफन्तको साथ भएन । बुढ्यौलीले गलेको शरीर अनेक रोगले थलियो । यो वास्तविक भोगाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ की ९६ वर्षीया ठूलीमाया घिसिङको हो ।
जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानले नागरिकता पाउने कानुन बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ । गएको सोमबारदेखि कार्यालयमा नागरिकता लिनका लागि सयौँ मानिसहरू लाइनमा बस्दै आएका छन् ।
चन्द्रागिरि नगरस्तरीय खानेपानी उपभोक्ता समन्वय समितिले क्रियाशील उपभोक्ता समितिको अस्तित्व समाप्त हुने गरी ‘एकीकृत खानेपानी तथा सरसफाइ व्यवस्थापनसम्बन्धी विधेयक’ ल्याइएकामा आपत्ति जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्ने भएको छ ।
साङ्केतिक भाषामा सञ्चार गरेका भरमा स्नातक तहसम्मको अध्ययनको यात्रा तय गर्नु पक्कै पनि सहज छैन । पढ्न चाहेर पनि सबै स्थानमा घर नजिकै त्यस प्रकारका शिक्षालय नहुन सक्छ भने त्यहाँ आवागमनका लागि उचित वातावरण र परिवारको सहयोग उत्तिकै आवश्यक हुन्छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालतले नागरिकतासम्बन्धी कानुन कार्यान्वयन गर्न बाटो खोलेपछि नागरिकता पाउने परिवारमा खुसी छाएको छ । नागरिकता बनाउने उमेर पुगेपनि बनाउन नपाएका यहाँ बसोबास गर्ने परिवारलाई खुसी दिलाएको हो ।
मदन भण्डारी मेमोरियल कलेजले २२औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण स्थगित भएको बागमती प्रदेश सभा बैठक आज (बुधबार) बस्ने भएको छ ।