उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि नेपाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा १० हजारसम्म शान्ति सैनिक पठाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव जिन पियरे लाक्रोइससँग मङ्गलबार रक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
गर्मी बढेपछि छाता ओढेर रुपन्देहीको समेरहवा गाउँमा रोपाइँको लागि धानको बीउ काढ्दै किसान
जनता समाजवादी पार्टी, (जसपा) नेपालको तीन दिनदेखि काठमाडौंमा जारी विधान अधिवेशन आज सम्पन्न भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित आज चीन जाँदै हुनुहुन्छ।
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
गीतकार नमिता दवाडीको परिचय बोलको गीतको भिडियोको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन बजारमा आएको छ।
मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताउनुभयो।
पाँचथरको फिदिम र कुम्मायकमा जंगली च्याउ खादा नौ जना बिरामी परेका छन् । बिरामी पर्नेमा फिदिम नगरपालिका ११ नागीन निवासी एकै परिवारका पाँच जना छन् ।
सुदूरपश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखाका आशिष फुयालले जित्नुभएको छ ।
सरकारले ६ वटा जिल्लाका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कालिकोट, बाँके, पाल्पा, अर्घाखाँची पर्सा र बाराका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो।
सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको आज छ महिना पूरा भएको छ ।
दोस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता असार १५ आयोजना हुने भएको छ ।
नेपाली कांग्रेसको सदस्य बन्न चाहने नेपाली नागरिकले अब अनलाइनबाटै सदस्यता लिन पाउने भएका छन् ।
परम्परागत लोक कला र संस्कृतिको संरक्षण गर्न तनहुँमा २० औँ राष्ट्रिय धान दिवसको उपलक्ष्यमा असार १५ गते पाँचौँ हिले महोत्सवको आयोजना गरिने भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संयुक्त राष्ट्र सङ्घको शान्ति अपरेसनका उपमहासचिव जिन पियरे ल्याक्रोइक्सबीच भेटवार्ता भएको छ। मंगलबार रक्षा मन्त्रालयमा मन्त्री खड्का र उपमहासचिव जिनबीच भेटवार्ता भएको हो।