ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बाढीपहिरोबाट पीडित भएका परिवारलाई राहत सामग्री वितरण गरेको छ । पालिकाभित्रका बाढीपहिरो पीडित ६१ परिवारलाई गाउँपालिकाले राहत सामग्री वितरण गरेको हो ।
जाजरकोटस्थित नलगाड जलविद्युत् आयोजना डिपिआरमै अल्झिएको छ। सम्झौता अनुसार नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) २०७६ मै तयार भइसक्नुपर्ने हो तर थप चार वर्ष बितिसक्दा पनि डिपिआर बनेको छैन। सात वर्ष लगाएर प्रतिवेदन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दैछ । बैठक बुधबार बिहान साढे १० बजे संसद् भवनमा बस्ने छ ।
बेलायतले राज परम्परालाई निरन्तरता दिएको छ । संवैधानिक भए पनि शक्तिशाली मानिने त्यहाँका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक भव्य र सभ्य रूपमा सम्पन्न गरिएको छ । गएको मे ६
कैलालीको धनगढी बजार क्षेत्रको मुख्य सडकको स्तरोन्नति गरिँदै छ। सुदूरपश्चिम प्रदेश सरकारको ५१ करोड ६८ लाख ७८ हजार रुपियाँ लागतमा सो सडक स्तरोन्नति गर्न लागिएको हो। यो सडक फराकिलो बनाउन सडक अधिकार क्षेत्रमा परेको संरचना गत मङ्सिरबाट भत्काउन थालिएको हो। कैलाली पुलदेखि हुलाकी सडकको जिरो प्वाइन्टसम्म सडक स्तरोन्नतिका लागि कुल ४२८ घर भत्काइएको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ। घर भत्काउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गरेको छ। २.३ किलोमिटरसम्म सडक फराकिलो बनाउनका लागि गत वैशाख २७ गते केएस कन्स्ट्रक्सन प्रालि, धनगढीले ठेक्का पाएको हो। सडक निर्माणको समयावधि दुई वर्षको छ।
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ ।
कैलालीमा सयौँ बिघा जमिन सिँचाइ हुने कुलो (नहर) बाढीले भत्काएको एक वर्ष बित्दा पनि पुनर्निर्माणका लागि कसैले चासो दिएका छैनन्। घोडाघोडी नगरपालिका–१, घोडाघोडीस्थित कुलोमा पानी नियन्त्रणका लागि बनाइएको आउटलेटसहित पक्की कुलो गत वर्षको बाढीले भत्काएको हो।
जङ्गली च्याउ खाँदा मोरङको कानेपोखरी–७ बरगाछीमा एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको उपचार हुन सकेको छैन । उनीहरूले मङ्गलबार बेलुका खेतबाट खोजेर ल्याएको जङ्गली च्याउको तरकारीसँग खाएका थिए ।
निस्दी गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न निरन्तर सचेतना तथा कानुनी कारबाही अभियान सञ्चालन गरेको छ। बालविवाहलाई निरुत्साहित गर्न गाउँपालिकाले विवाहित जोडी छुट्याउने, भोज बहिष्कार तथा कानुनी कारबाहीलाई अगाडि बढाएको हो। सो अभियान अन्तर्गत गाउँपालिकाले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिला–पुरुषलाई सम्मान गरेर उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्न जोड दिएको छ। कक्षा १२ उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गरेकालाई गाउँपालिकाले यो वर्ष सम्मान गरेको हो। बालविवाहलाई निरुत्साहित गर्दै २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ भन्ने सन्देश दिन पालिकाले सम्मान कार्यक्रम गरेको हो।
बगलाचुली गाउँपालिका–८, गोठीवन निवासी भुमा नेपाली गाउँमा प्रजनन स्वास्थ्यसम्बन्धी स्वास्थ्य परामर्शसहित उपचार पाउँदा खुसी हुनुहुन्छ। भौगोलिक विकटताका कारण पाठेघरसँगै हातखुट्टा दुख्ने रोगबाट पीडित भुमा उपचारका लागि बजार आउन सक्नुभएको थिएन तर ग्रामीण महिला स्वास्थ्य सेवा तथा सचेतना केन्द्रको आयोजना, नेपाल परिवार नियोजन सङ्घ दाङको सहआयोजना र नेपाल टेलिकमको सहयोगमा विकट बस्तीमा पाठेघरको मुखको क्यान्सर जाँचबाट उहाँले उपचार पाउनुभएको हो।
बुटवल पावर कम्पनी (बिपिसी) ले नयाँ आर्थिक वर्षबाट विद्युत् महसुल समायोजन गरिदिन गरेको प्रस्तावमा तत्कालका लागि रोकिएको छ। बुटवल पावर कम्पनीले आँधी खोला जलविद्युत् उत्पादन केन्द्रबाट उत्पादित विद्युत्को महसुल समायोजन गर्न गरेको प्रस्ताव तत्कालका लागि रोकिएको हो।
दोलखाको कालिञ्चोक गाउँपालिका–७ मा अवस्थित विन्ध्यवासिनी पोखरी १५ लाख रुपियाँभन्दा बढीको लागतमा निर्माण गरिएको छ। बागमती प्रदेश सरकारको १३ लाख रुपियाँ आर्थिक सहयोग र जनश्रमदान दुई लाख ६० हजार गरी कुल १५ लाख ६० हजार रुपियाँमा यो पोखरीका निर्माण गरिएको वडाध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो।
एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । फाइनलमा भारतले काजखस्तानलाई पराजित गरेको थियो । का
पाल्पाको तानसेन नगरपालिकाले श्रम स्वीकृत दिन थालेको छ । नगरप्रमुख श्रेष्ठले वैदेशिक रोजगारमा जानेहरूका लागि आवश्यक पर्ने श्रम स्वीकृति नगरपालिकाबाट दिन सुरु गरेको बताउनुभयो ।
देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।