कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विभिन्न १३ वटा योजनालाई गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने भएको छ।गाउँपालिकाले विभिन्न योजना छनोट गर्दै पालिकाभित्रको गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ ।
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।
बाँकेमा भारतबाट हुने अवैध आयात र तस्करी बढेको छ। नेपाल भारत मुख्य नाका जमुनाहामा भारतबाट सय रुपियाँ भन्दा बढीको सामान ल्याउनेसँग राजस्व सङ्कलन गर्न थालिएपछि साइड नाकाबाट अवैध आयात र तस्करी बढेको हो।
अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) ले भारतका आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट–२०२३ को खेल तालिका सार्वजनिक गरेको छ ।
जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयलाई समयसापेक्ष रूपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।
ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार बाठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो ।
कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय सम्पादनलाई छिटो, छरितो र सर्वसुलभ बनाउने विषयमा आफ्नो मन्त्रालय गम्भीर रहेको बताउनुभएको छ।
हेवा खोलामा ह्युम पाइप मार्फत पानी तर्काएर डाइभर्सन बनेसँगै मेची राजमार्गको पाँचथरको फिदिम–ताप्लेजुङ सडकखण्ड सञ्चालन भएको छ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गर्नु भएको छ ।
२० वर्ष उमेर पुगेर विवाह गर्ने महिलालाई गाउँपालिकाले सम्मान गरेको छ । निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गरेका महिलाहरूलाई सम्मान गरेको हो ।
घर आँगनमा आउने सर्पलाई उद्धार गर्नका लागि सर्प उद्धार सम्बन्धी तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुले ३० जनालाई उद्धारकर्ता तालिम प्रदान गराएको छ ।