चेङ्दु, असार १२ गते । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।
छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपत्कालीन व्यवस्थापन ब्यूरोले जनाएको छ ।
मङ्गलबार बिहान १०ः३२ बजेसम्म पहिरोबाट प्रभावित नौ सयभन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन् । रासस/सिन्ह्वा