• १७ वैशाख २०८३, बिहिबार

हावाहुरीले ठुलो क्षति, विद्युत् सेवा अवरुद्ध

blog

इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण मकैमा पुर्‍याएको क्षति । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख १७ गते ।
सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भने रूख ढल्दा जिल्लामा दुई जना घाइते भएका छन्।

इनरुवा नगरपालिका–९ बबिया र वडा नं. १० जल्पापुरमा बिजुलीका पोल ढल्दा भित्री सडक अवरुद्ध भएको छ। इनरुवासहित दक्षिणी सीमावर्ती क्षेत्रसम्म अधिकांश स्थानमा विद्युत् सेवा प्रभावित भएको छ।

रूख ढल्दा अवरुद्ध बनेको हाइवे राति नै सुरक्षाकर्मीको सहयोगमा हटाई सञ्चालनमा ल्याइएको छ। सुनसरीका विभिन्न स्थानमा आएको हावाहुरीका कारण मकै र केराखेतीमा समेत ठुलो क्षति पुगेको छ।