सुनकोशी नदीमा पौडी खेल्न गएका एक किशोर डुबेर बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका –४ का झरिमान राईका १६ वर्षीय छोरा नयन्द्र राई नदीमा डुबेर बेपत्ता भएका हुन् ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। महानगर प्रमुख धनराज आचार्यले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लेकसाइडलाई २४ घण्टा खुला गर्न पहल गर्ने बताउनुभयो।
बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०–८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको १३ औं नगरसभाको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले २ अर्ब ३६ करोड ५४ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
धनुषाको विदेह नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०–८१ का लागि ७० करोड पाँच लाख तीन हजार पाँच सय एक रुपियाँको आयव्ययसहितको नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुराएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण
गुल्मीमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका –२ च्यानडाँडा निवासी ४१ बर्षीय लिलबहादुर घर्ती र उहाँकी ८ बर्षीया छोरी बिन्दु घर्तीको गए राति खहरे खोलाले बगाउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि दुई अर्ब १५ करोड रुपियाँको बजेट ल्याएको छ । उपमहानगरले गतवर्षको तुलनामा बजेटको आकार घटाएर आउँदो आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपियाँको बजेट ल्याएको हो ।
इलाम जिल्लाका १० वटै स्थानीय पालिकाले आइतबार आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट सार्वजनिक गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार सम्बन्धी विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताउनुभएको छ।
सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ५६ लाख ९९ हजार ३ सय रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड ३३ लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुने बताउनुभएको छ ।
हुम्लामा हाइटेक नर्सरी स्थापना गर्दा अनियमितता गरेको आरोपमा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध चार लाख ३८ हजारको भ्रष्टाचार मुद्दा दायर भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा उपप्रमुख जागेश्वरदेवी चौधरीले बजेट पेश गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न सिङ्गो समाज उभिनुपर्ने बताउनुभएको छ ।