• ११ वैशाख २०८३, शुक्रबार

लेबनान र इजरायल बिचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा

blog

वासिङ्टन, वैशाख ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल बिचको युद्ध (विराम थप तीन हप्ताका लागि लम्बाउने घोषणा गर्नु भएको छ । राष्ट्रपतिले ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत लेबनान र इजरायली कब्जाका वार्ताकारबिच ह्वाइट हाउसमा आयोजित वार्ता उपलब्धि मुलक भएको बताउनु भएको छ । 

लेबनानका राष्ट्रपति जोसेफ अउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच स्थायी शान्ति कायम गर्न छिटै बैठक हुने तयारी भई रहेको पनि ट्रम्पले पुष्टि गर्नु भएको छ । ह्वाइट हाउसमा लेबनान र इजरायली कब्जाबिच दोस्रो चरणको प्रत्यक्ष वार्ताको आयोजना गरिएको थियो, जसको उद्देश्य दुई पक्षबिच स्थाई शान्ति सम्झौतामा पुग्नु रहेको बताइएको छ । रासस/क्युएनए