• १० वैशाख २०८३, बिहिबार

परराष्ट्र मन्त्री खनाल र जोर्डनका उपप्रधानमन्त्री सफादीबीच टेलिफोन वार्ता

blog

काठमाडौँ, वैशाख १० गते । परराष्ट्र मन्त्री शिशिर खनाल र जोर्डनका उपप्रधानमन्त्री एवं परराष्ट्र तथा आप्रवासी मामिला मन्त्री आयमान सफादीबीच बिहीबार टेलिफोन वार्ता भएको छ । संवादका क्रममा उपप्रधानमन्त्री सफादीले परराष्ट्र मन्त्री खनाललाई कार्यभार सम्हाल्नुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

टेलिफोन वार्ताका क्रममा दुई देशका मन्त्रीबिच नेपाल र जोर्डनबीचको द्विपक्षीय सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो । दुवै पक्षले आपसी हितका लागि द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पुन: दोहोर्‍याउनु भएको छ ।

सो अवसरमा परराष्ट्र मन्त्री खनालले मध्यपूर्वमा जारी द्वन्द्वका बीच त्यहाँ रहेका धेरै नेपाली नागरिकको सुरक्षा र हित सुनिश्चित गरेकोमा जोर्डन सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । जोर्डन नेपाली श्रमिकका लागि एक प्रमुख गन्तव्य मुलुक रहँदै आएको सन्दर्भमा यो संवादलाई महत्त्वका साथ हेरिएको छ ।