• १० वैशाख २०८३, बिहिबार

सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

blog

इमान सिं राना

रामपुर (पाल्पा), वैशाख १० गते । पाल्पाको रामपुर नगरपालिकाले सशस्त्र प्रहरी बललाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । प्राकृतिक विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाल, नं ३५ गुल्म तानसेनलाई सामग्री प्रदान गरेको हो ।

नगरपालिकाले बाढी, पहिरो, आगलागी, भुकम्प लगायत जस्ता प्राकृतिक विपद्को समयमा उद्धारका लागि आवश्यक सामग्री प्रदान गरेको हो । नगरपालिकाले डायनामिक रोप, अटो लकिङ क्याराबिनर १४ थान, सिट हार्नेस ४ थान, फिगर एट ४ थान र १ सय मिटर पर्सनल रोप उपलब्ध गराएको हो ।

सामग्री हस्तान्तरण गर्नुहुँदै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले विपद्को समयमा सुरक्षित र व्यवस्थित उद्धारका लागि आवश्यक सामग्री प्रदान गरिएको जानकारी दिनुभयो  नगरपालिकाले विपद् व्यवस्थापन कोष मार्फत सामग्री खरिद गरी हस्तान्तरण गरेको हो । विपद् बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताउनुभयो ।

सामग्री ग्रहण गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपाल, नं ३५ गुल्म तानसेनका प्रहरी नायब उपरीक्षक झुपा कुमारी पन्थीले उपलब्ध सामग्रीले विपद्को समयमा उद्धारमा थप सहज हुने बताउनुभयो । साथै उहाँले नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो  ।