काठमाडौँ, वैशाख ११ गते । सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएसँगै काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासीले आफ्ना सरसामान सार्न थालेका छन् ।
वर्षौँदेखि बसोबास गर्दै आएका घरटहरा र साना-साना झुपडीहरूबाट बालबालिकाको भविष्य र जीविकोपार्जनका सामग्री समेटेर निस्कनुपर्दा त्यहाँको वातावरण स्तब्धपूर्ण देखिएको छ । कोही आफ्नो ओछ्यान र लत्ताकपडा मिलाउँदै छन् भने कोही अबको बास कहाँ हुने भन्ने चिन्तामा देखिन्छन् ।
बस्तीका बासिन्दाहरूले गहभरी आँसु पार्दै भने, "हामीलाई गरिब हुनुको सजाय दिइँदैछ ।" शुक्रबार बिहानैदेखि त्यहाँका बासिन्दा हतार-हतार जस्तापाता, काठका फल्याक र भान्साका सामग्री ट्याक्टर तथा रिक्सामा लोड गरिरहेका छन् । सरकारी डोजर चल्नुअघि नै कतिपयले आफ्ना घरटहरा आफैँले भत्काउन सुरु गरेका छन् ।























उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।