दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) ट्रफी टुर बुधबार काठमाडौँ उपत्याकामा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न शहरमा ट्रफी टुर कार्यक्रम सम्पन्न गरी काठमाडौँमा पनि यस कार्यक्रमलाई निरन्तरता दएको हो ।
गोरखा जिल्लाको सहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्त्वपूर्ण शक्तिपीठ मानिन्छ ।
कात्तिक नाचअन्तर्गत हिरण्यकश्यपको वधसँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिएको कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ ।
कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार हिजो द्वादशीका दिन प्रस्तुत गरिएकाे छ । विप्णु अवतारमा आधारित रहेको कात्तिक नाच दश दिनसम्म प्रस्तुत गर्ने गरिन्छ ।
काठमाडौँको कमलपोखरीमा पनि छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ ।
काठमाडौँमा सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएको छ। तराई मधेशलगायत देशका विभिन्न भूभागमा सुख र समृद्धिको कामनासहित यो पर्व विशेष् रूपमा मनाइन्छ।
नेपाल संवत् ११४६ को उपलक्ष्यमा बुधबार बसन्तपुरमा हर्षोल्लासका साथ मनाइदै छ । बसन्तपुरमा विभिन्न खलः पुच संघ संस्था तथा स्थानीयहरु सहभागी भएको उक्त र्याली बसन्तपुरबाट सुरु भइ काठमाडौँको भित्री शहरको परिक्रमा गरिएको हो ।
दसैँको टीकाको दिन सुरु भएको नवदुर्गा नाच सम्पन्न भएको छ ।
काठमाडौंको हनुमानढोका दरवार क्षेत्रस्थित तलेजु मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । दसैं सुरु भएपछि आज महानवमीको दिन तलेजु मन्दिरमा भक्तजनहरुले पूजापाठ गरेका छन् ।
जीवितदेवी कुमारी चयन भएसँगै नवनियुक्त कुमारीलाई आज अष्टमीको दिनको शुभ साइतमा कुमारी घर प्रवेश गराइ आसनमा विराजमान गराइएको छ । इतुम्बहालका आर्यतारा शाक्य कुमारीको रुपमा उहाँ चयन हुनुभएको हो ।
काठमाडौं, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ । इन्द्रजात्राको दौरान खिचिएका तस्बिरलाई संकलन गरेर इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी गरिएको हो ।प्रदर्शनीमा इन्द्रजात्राको अवसर खिचिएका तस्बिर राखिएको छ । पुराना तथा हालका जिवितदेवी कुमारी, भैरब र गणेशदेखि लाखे पुलिकिसीलगायत जात्रामा गरिने हरेक गतिविधिका तस्बिरलाई महत्वका साथ राखिएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा विदेशी पर्यटक तथा आन्तरिक पर्यटकले चासोका साथ अवलोकन गरेको अध्यक्ष प्रदीपराज वन्तले बताउनुभयो । जात्रा हेर्न नपाएका र जात्राका बारेमा थाहा नै नभएका पर्यटकले यहि फोटो प्रदर्शनीमार्फत जानकारी लिएको उहाँको भनाइ छ । नेपाल आर्ट काउन्सिल र काठमाडौं महानगरपालिकाको सहकार्य रहेको प्रदर्शनीमा २० फोटोग्राफरका ९० तस्बिर समावेश छ ।
इन्द्रजात्रा (येँयां) को चौथो दिन पूर्णिमाको दिन पनि रथजात्रा हर्षोल्लासका साथ मनाइयो । यो दिनमा नेवार समुदायले विशेष गरेर समयबजि खाने दिनको रूपमा लिने गरेको छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा (येँया) को आज मुख्य दिन हो ।
काठमाडौं, भदौ २० गते । युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा आज कन्या श्रीकुमारी पूजा सम्पन्न भएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरेको हो ।हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ । पूजामा सहभागी हुनका लागि ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू उपस्थित भएका थिए । नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कन्या कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ । इन्द्रजात्राको अवसरमा गरिएको पूजामा ४५५ बालिका सहभागी भएको महासङ्घका अध्यक्ष राजन महर्जनले बताउनुभयो ।
इन्द्रजात्रा (येँया) को तयारी वसन्तपुर दरबार क्षेत्रमा भइरहेको छ । इन्द्रजात्राको दिन नजिकिँदै गर्दा दरबार क्षेत्रमा रहेका मन्दिर दरबार रंगरोगन तथा तोरण फेर्ने काम धमाधम भइरहेको छ ।