होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकामा आइतबार बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
काठमाडौं, चैत ४ गते । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज (आइतबार) काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो । आज (आइतबार) बिहान ७ः४७ बजेको शुभ साइतमा चीर ठड्याइएको थियो ।फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो । चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरू समेत जम्मा भएको थियो । नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।
ललितपुरमा हरेक पाँच वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व बिहीबार सम्पन्न भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ ।
सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को साजसज्जा तथा रङरोगन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङरोगनको कार्य थालिएको हो ।
नेपा: डान्स एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा नृत्य मेला गरेको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १५० जना विद्यार्थीले ७० वटा नृत्य विधा प्रस्तुत गरेका थिए ।
आज सेतो मच्छिन्द्रनाथ आर्यावतिलोकेश्वरको महास्नान गरिएको छ । काठमाडौँको केलटोलमा रहेको जनबहाल मन्दिरको प्राङ्गणमा रहेको न्हवं दबूँ अर्थात् महास्नान गराउने मण्डपमा विराजमान गराइ विधिवत् रूपमा पूजा अर्चना गरी महास्नान गराइएको हो ।
माघे सङ्क्रान्तिको पूर्व सन्ध्यामा असन बजारमा चाकु लगायत तिलौरा तिलको लड्डु घ्यू किन्नेको भीड बाक्लै देखियो । विशेषता घ्यू चाकु खाएर मनाइने भएकाले पनि विशेष दिनका लागि आवश्यक सामान किन्नेको भीड लागेको हो ।
उल्लासमय माघे सङ्क्रान्ति तथा पर्व माघीको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको व्यापार बढेको छ। अन्य समयमा सामान्य रूपमा व्यापार हुने तरुलगायतका कन्दमूलको व्यापार अहिले बढेको छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले सुरु गरेको पदयात्रा आज हनुमान ढोका आइपुगेको छ ।
नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ २० औँ राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो।
गुरुको गलत विवेकले जन्माएको एक हिंस्रक प्राणीको कथा हो नाटक ‘बोधिसत्त्व’। टेकुको कौसी थिएटरमा मञ्चन भइरहेको नाटकले समाजमा भएका राम्रा स्वभाव भएका मानिस पनि परिबन्ध र वचनको सिकारमा कसरी हिंसाको बाटो अवलम्बन गर्न बाध्य हुन्छन् भन्ने कुरा चित्रण गरिएको छ।
बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन पशुपतिमा शतबीज छर्न आइपुग्नुभएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि हुने बाला चतुर्दशी पर्वका लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको थियो ।
काठमाडौँ महानगरपालिका १९ नं. वडा को सहकार्यमा ज्यापु मिसा: पुचःले इहि संस्कार (बेलविवाह)को आयोजना गरेको छ । नेवार समुदायमा रजस्वला हुनुअघि बेलविवाह गर्ने परम्परा रहेको छ ।
प्रह्लादको उद्धार गर्न विष्णुले नरसिंहको अवतार लिई हिरण्यकश्यपको वध गरे सँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ ।