• २० फागुन २०८२, बुधबार

निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य सुरु

blog

कन्या मन्दिर माध्यामिक विद्यालयमा मतदान केन्द्र बनाउँदै । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, फागुन २० गते । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र बुथहरू धमाधम निर्माण गरिँदै छ । निर्वाचनका लागि काठमाडौँ उपत्यकालगायत देशैभरको मतदान स्थलमा निर्वाचन प्रहरीको सहायतामा मतदान स्थलहरूमा बुथ निर्माण गरिँदै छ ।  

बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि बुथ निर्माणको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुथ निर्माणका लागि लाइन बनाउनेदेखि टोरी टाङ्नेसम्मको काम भइरहेको छ । महिला, पुरुष, अशक्तहरूका लागि छुटाछुट्टै बुथ बनाइने गरिन्छ । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।