• २६ कात्तिक २०८२, बुधबार

मनकामनाबाट देखिएकाे मनोरम दृश्य

blog

मनकामना मन्दिर र मनोरम दृश्य

गोरखा, कात्तिक २६ गते । गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्त्वपूर्ण शक्तिपीठ मानिन्छ । वार्षिक रुपमा करिव ११/१२ लाख भक्तजन मनकामनाको दर्शनका लागि पुग्ने गर्दछन् । प्यागोडा शैलीमा निर्मित मनकामना माईको पुरानो मन्दिर सत्रौँ शताब्दीमा बनेको मानिन्छ ।

समुद्री सतहदेखि १३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतिर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनासलु हिमालका चुचुराहरु देख्न सकिन्छ । तनहुँको आँबुखैरेनीबाट ३/४ घण्टाको उकालो पैदल यात्रा गरेर पुग्न सकिने यस मनकामना मन्दिरमा केबुलकार तथा मोटरबाटोबाट पनि सजिलै पुग्न सकिने भएको छ । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।