राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्राको अवलोकन गर्नुभएको छ।
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ।
काठमाडौं, जेठ २ गते। विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती नेपालसहित विश्वभर मनाइएको छ। ‘एसियाको तारा’को उपनामले चिनिनुहुने बुद्धले २९ वर्षसम्म पिताद्वारा प्रदत्त राजसी सुखमा बिताउनुभएको थियो। संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला भनी उहाँ राजकुमार रहे पनि सँधै चिन्तित रहनुहुन्थ्यो।सिद्धार्थ बुद्धको कथा अनुसार उहाँको पूर्वजन्ममा बोधिसत्व भएकाले दुःखको कारण र दुःखको निवारण भारतका विभिन्न ठाउँमा सात वर्षसम्म तपस्या गर्दै हिँड्नुभयो। तपस्याबाट प्राप्त ज्ञानलाई उहाँले प्रचार गर्नुभयो। त्यही उहाँको सन्देशलाई आज विश्वभरका बौद्धधर्मलम्बीले अनुसरण गर्दै आएका छन्। बुद्ध जयन्तीको अवसरमा काठमाडौंको स्वयम्भूमा देखिएको चहलपहल तस्बिरमा :
स्थानीय तहको चुनावको दिन शुक्रबार बिना अनुमतिपत्र चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं, वैशाख ३० गते। स्थानीय तहको चुनावको दिन शुक्रबार राजधानीका सडकमा सवारी साधनको सङ्ख्या न्यून रहयो। सरकारले अत्यावश्यक र अन्य सवारी साधनलाई पास अनिवार्य गरेपछि चुनावको दिन उपत्यकाका सडक प्राय खाली देखिए। काठमाडौंको नयाँ सडक, दरबारमार्ग, सिंहदबार, थापाथली, कुपण्डोल र त्रिपुरेश्वर क्षेत्रमा पुगेर कैद गरिएका तस्बिरः
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ जात्रा अन्तर्गतको नैक्या लुकेगु जात्रा (नरिवल खसाउने) हर्षोल्लासका साथ सम्पन्न भएको छ ।
आज (मङ्गलबार) इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले इद (इदउल फित्र) पर्व मनाएका छन् । यी समुदायले एक आपासमा शुभकामना साटासाट गर्दै विहानै देखि पर्व मनाउन शुरु गरेका छन् ।
काठमाडौं, वैशाख १८ गते। वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई रथारोहण भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त :बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रामा मच्छिन्द्रनाथको वैशाख २१ गतेदेखि रथ जात्रा सुरु हुनेछगरिनेछ।
वैशाख २१ गतेदेखि रातो मच्छिन्द्ननाथको रथ जात्रा सुरु हुँदैछ। मच्छिन्द्ननाथलाई रथमा भने वैशाखको १७ गते नै राखिन्छ। ललितपुरको पुल्चोकमा रथ जात्राको लागि रथ बनाउने काम भइरहेको छ। नेवारी पात्रोको तिथिअनुसार मच्छिन्द्ननाथको रथ 'पारु' दिनदेखि निर्माण गर्न सुरु गरिन्छ। त्यसको निर्माण १५ दिनमा सक्नुपर्ने परम्परा रहेको निर्माणका सहायक नाइके प्रेम महर्जनले जानकारी दिनुभयो।
काठमाडौं, वैशाख ३ गते । कोरोनाको लहरले गत दुई वर्षदेखि रोकिएको बाइसधारा मेला यस वर्ष धुमधामले लागेको छ । चैत शुक्लपूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ । काठमाडौं उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा शनिबारको दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्ध आई बसेको मानिन्छ । यस दिनलाई नेवारहरू ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन् । यस पूर्णिमामा बालाजुको बाइसधारामा भक्तजनहरू स्नान गर्न जान्छन् । यसै दिन ‘मन्नादी’ देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजा अर्चना गर्दा बढी फलिफाप हुने विश्वास रहिआएको छ । त्यस्तै, यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ । बाइसधारा उद्यानका कर्मचारी उत्तम अधिकारीले अहिले बढ्दो जनघनत्वका कारण बाइसधाराको पानीको मुल सक्दै गएकोे बताउनुभयो । अधिकारीले हाल बाइसधारामा बोरिङ्गबाट पानी व्यवस्थापन गरिँदै आएको पनि बताउनुभयो ।
काठमाडौं, वैशाख १ गते । मदनकृष्ण श्रेष्ठको नाम सुन्ने बित्तिकै हरिवंश आचार्यको मुहारको झल्को आइहाल्छ। विगत ४२ वर्षदेखि एकै जोडी बनी सहकार्य गर्दै आउनुभएका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक अर्काको पहिचानलाई बोक्नुभएको छ । यो जोडी एउटा सानो संयोगले बनेको हो । अलगअलग प्रस्तुति दिन तयार हुनुभएका उहाँहरुले समय अभावका कारण एउटै प्रस्तुति दिनुपर्ने भएपछि ‘बैकेंश्वर’मार्फत मह जोडी जोडिएको बताउनुभयो । उहाँ आफूलाई गायक मदनकृष्ण श्रेष्ठ भनिदिए खुशी लाग्ने बताउनुहुन्छ । सुरुवाती दिनमा नेपाल भाषाको गीत संगीतबाट कलाक्षेत्रमा प्रवेश गर्नुभएका मदनकृष्णले धेरै मातृभाषाको गीत गाउनुभएको छ, जुन आजसम्म पनि त्यो समुदायमा चर्चित छन् ।प्रत्यक्ष अप्रत्यक्ष आफ्नो प्रस्तुतिले व्यवस्था परिवर्तन गर्नेदेखि लिएर जनचेतना विकासमा केही न केही सहयोग पुगेको कुरामा विश्वास गर्नुहुन्छ । कलाक्षेत्रले समाज रहेका कुसंस्कारलाई पखाल्ने कुरामा धेरै टेवा पुग्ने उहाँको भनाइ छ । साथी ‘भर’ हो भन्ने उहाँ राम्रो साथी जीवन सफल हुने कुरामा विश्वास गर्नुहुन्छ ।