शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, फागुन १२ गते । बसन्तपुरमा चिरोत्थानसँगै होली पर्व आजदेखि शुभारम्भ भएको छ । मङ्गलबार काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो । आज बिहान ७ः१३ बजेको शुभ साइतमा चीर ठड्याइएको हो ।
फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो । चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरू समेत जम्मा भएको थियो ।
नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याइ दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।




















मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।