शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १८ गते । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने होली पर्व सोमबार काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एक आपसमा रङ, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।
वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन् । विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक पनि रङै–रङको पर्व होलीको उमङ्गमा रमेका छन् । काठमाडौँको वसन्तपुर, ठमेल लगायतका स्थानमा नेपाली मात्रै नभई विदेशी पर्यटकहरू पनि एक आपसमा रङ, अबिर लगाएर नाच गान गरेर होली मनाइरहेका छन् ।














मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।