• ११ असोज २०८२, शनिबार

विश्व पर्यटन दिवसको अवसरमा फोटो प्रदर्शनी

blog

फोटो प्रदर्शनी अवलोकन गर्दै विदेशी पर्यटक : तस्बिर मनोजरत्न शाही

काठमाडौं, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ । इन्द्रजात्राको दौरान खिचिएका तस्बिरलाई संकलन गरेर इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा इन्द्रजात्राको अवसर खिचिएका तस्बिर राखिएको छ । पुराना तथा हालका जिवितदेवी कुमारी, भैरब र गणेशदेखि लाखे पुलिकिसीलगायत जात्रामा गरिने हरेक गतिविधिका तस्बिरलाई महत्वका साथ राखिएको छ । 

तीन दिनसम्म चल्ने प्रदर्शनीमा विदेशी पर्यटक तथा आन्तरिक पर्यटकले चासोका साथ अवलोकन गरेको अध्यक्ष प्रदीपराज वन्तले बताउनुभयो । जात्रा हेर्न नपाएका र जात्राका बारेमा थाहा नै नभएका पर्यटकले यहि फोटो प्रदर्शनीमार्फत जानकारी लिएको उहाँको भनाइ छ । नेपाल आर्ट काउन्सिल र काठमाडौं महानगरपालिकाको सहकार्य रहेको प्रदर्शनीमा २० फोटोग्राफरका ९० तस्बिर समावेश छ ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।