• ११ वैशाख २०८३, शुक्रबार

साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

blog

काठमाडौँ,  वैशाख ११ गते । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको र उनीहरूको साथबाट एक थान पेस्तोल बरामद गरिएको छ । सो घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस