शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाखा ११ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ क्षेत्रमा शुक्रबार दिउँसो जिप दुर्घटना भएको छ । पाथीभरा दर्शनमा हिँडेका तीर्थयात्री बोकेको जिप फुङ्लिङ बजारको तोक्मेडाँडा–कफीहाउस भित्री सडकमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जिल्लाकै आठराई त्रिबेणी गाउँपालिकाको फुलबारीदेखि पाथीभरा जाँदै गरेको प्रदेश १–०१–००१ ज ३३७० नम्बरको बोलेर जिप दिउँसो ३ः३० बजेतिर दुर्घटना भएको हो । उक्त जिप दुर्घटना भए पनि चालक दीपक गुरुङबाहेक अन्य नौ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
तोक्मेडाँडा–कफीहाउस सडकअन्तर्गत नेपाली सेनाको दुर्गादल गुल्म प्रवेशद्वार नजिक सो जिप दुर्घटनामा परेको हो । सडक निकै उकालो रहेका कारण जिप ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।