बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाल्नुभयो ।
नेपालीले तीव्र आर्थिक समृद्धिको अपेक्षा गरेका छन् । नेपालको आर्थिक समृद्धिका गति अपेक्षाभन्दा सुस्त छ । समृद्धिको तीव्र अपेक्षाले गर्दा नै छिटो छिटो राजनीतिक परिवर्तन गर्न नेपाली लाग्ने गरेका छन् । राजनीतिक परिवर्तनको गति अनुरूप आर्थिक परिवर्तन भएको छैन । नेपाली अर्थतन्त्रका आफ्नै केही विरोधाभास छन्, जसले गर्दा समृद्धिको गति बढ्न सकेको छैन । यस्ता विरोधाभासको पहिचान गरी हटाउनु पर्छ ।
वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ ।
बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र फालोटको मुख्य समस्या सडक, विद्युत् र इन्टरनेट हो । तीन हजार ४०० मिटर उचाइमा अवस्थित फालोटका चारराते–तीनसिमानालगायत क्षेत्रसम्म पुग्ने सडक व्यवस्थित हुनसकेको छैन भने विद्युत् र इन्टरनेटको प्रवाह सहज हुनसकेको छैन ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ‘प्रथम अध्यक्ष कप’ खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नेपाललाई ‘सम्पर्क पूर्वाधार केन्द्र’ बनाउने सपना नयाँ होइन । पछिल्ला वर्षमा यो अवधारणा राजनीतिक नारादेखि कूटनीतिक बहससम्मको केन्द्रविन्दु बनेको छ । विश्वका दुई उदाउँदा शक्ति चीन र भारतबिच अवस्थित नेपालले आफूलाई एउटा ‘पुल’ का रूपमा प्रस्तुत गर्ने सुन्दर आकाङ्क्षा राखेको छ । मूल प्रश्न नेपाल वास्तवमै कनेक्टिभिटी हब बन्ने दिशामा अघि बढिरहेको छ वा अझै अवधारणा र भाषणकै घेरामा अल्झिरहेको छ ?
यतिबेला सबैको ध्यान सत्ता सञ्चालनको मुख्य केन्द्र सिंहदरबारमा खिचिएको छ । सिंहदरबारबाट शासन सञ्चालन हुन थाल्यो भने परिणाम आउँछ भन्ने आमबुझाइ छ । सिंहदरबारबाट बलियो राष्ट्रियता, जवाफदेही, सुशासन र सामाजिक न्यायका पक्षमा नयाँ नयाँ निर्णयको अपेक्षा पनि गरिएको छ । विगतमा सिंहदरबारका नाममा बालुवाटारबाट शासन गर्ने परम्परा थियो । सत्ताका केन्द्र सिंहदरबार नभई प्रधानमन्त्री र मन्त्रीका निजी निवास हुन्थे ।
महँगी नेपाली जनजीवनको सबैभन्दा गम्भीर समस्यामध्ये एक बनेको छ । दैनिक उपभोग्य वस्तु खाना पकाउने ग्यास, इन्धन, खाद्यान्न सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा सर्वसाधारणको जीवनयापन झन् कठिन बन्दै गइरहेको छ । सीमित आम्दानी र बढ्दो खर्चबिच सन्तुलन कायम गर्न नसक्दा धेरै परिवार आर्थिक दबाबमा परिरहेका छन् । महँगी केवल आर्थिक समस्या मात्र नभई सामाजिक र मानसिक तनावको कारण पनि बने
तनहुँको ऋषिङ गाउँपालिकामा दुई नयाँ पुल सञ्चालनमा आएपछि स्थानीयको जोखिमपूर्ण यात्राको अन्त्य भएको छ । ऋषिङ–५ र ७ जोड्ने फलामे पुल तथा ऋषिङ–४ र ७ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा खोला वारपार गर्दा भोग्नुपर्ने सास्ती सदाका लागि हटेको हो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारितामात्रको भरमा अबको प्रतिस्पर्धी मिडिया जगतमा टिकिरहन नसकिने बताउनुभएको छ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजनामा हरेक महिना हुँदै आएको ‘अविरल जनसाहित्य यात्रा’ को १०८ शृङ्खलामा डा. सावित्री श्रेष्ठका एक दर्जन कविता वाचन गरिएको छ । जनसांस्कृतिक महासङ्घकै सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा विभिन्न लेखक, साहित्यकार तथा साहित्यप्रमीको उपस्थिति रहेको थियो ।
पत्रकार तथा साहित्यकार कृष्ण अधिकारीको नियात्रा कृति ‘मैले देखेको अमेरिका’ विराटनगरमा विमोचन गरिएको छ । नेपाली लेखक सङ्घ, कोशी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा लेखक अधिकारीको अमेरिका भ्रमणका विभिन्न पाटालाई समेटिएको पुस्तक सार्वजनिक गरिएको हो ।
गायकद्वय सुरेन गौतम र सन्देश श्रेष्ठले संयुक्त रूपमा गीत ‘छेक्यो डाँडा कुहिरोले’ लाई नयाँ लोक रक शैलीमा प्रस्तुत गर्नुभएको छ । दुवैको सहकार्यले पुरानो सम्झना, मित्रता र नयाँ सङ्गीतिक प्रयोगलाई सरल र भावनात्मक रूपमा समेटिएको छ ।