• १३ वैशाख २०८३, आइतबार

रुरुक्षेत्रमा ‘प्रथम अध्यक्ष कप’ हुँदै

blog

रुरुक्षेत्र गाउँपालिकाको कार्यालय। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १३ गते।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ‘प्रथम अध्यक्ष कप’ खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। रुरुक्षेत्र गाउँपालिकाको आयोजना तथा घिउबेँसी स्पोर्टस क्लबको सह–आयोजनामा प्रथम अध्यक्ष कप पुरुष खुल्ला भलिबल प्रतियोगिता गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका अनुसार यहि वैशाख २४ गतेदेखि २६ गतेसम्म गाउँपालिकाको खेलमैदान घिउबेँसीमा प्रतियोगिता हुने भएको छ। पुरुष खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार १११ रुपियाँ, द्वितीय हुनलाई ५५ हजार ५५५ रुपियाँ, तृतीय हुनेलाई ३३ हजार ३३३ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ।

भलिबल खेल बेस्ट अफ फाइभको नियम अनुसार खेलाइनुका साथै नकआउट सिस्टम अपनाइनेछ। प्रत्येक समूहमा १० जना खेलाडी एक जना प्रशिक्षक र एक जना व्यवस्थापक हुनुपर्नेछ। खेलाडीहरु अनिवार्य रुपमा औपचारिक खेल पोशाकमा हुनुपर्नेछ। राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका खेलाडीको हकमा कुनै एक समूहमा एक जना मात्र खेलाडी समावेश गरिने उहाँले बताउनुभयो।