• १३ वैशाख २०८३, आइतबार

उद्योग व्यापार महासंघ गण्डकीको अध्यक्षमा बागलुङका चोखाल चयन

blog

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा चयन हुनुभएका अर्जुन चोखाल । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख  १३ गते ।
नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका अर्जुन चोखाल चयन हुनुभएको छ । बागलुङ बजारमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चोखाल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुंगाना, उपाध्यक्षहरुमा गोकुलप्रसाद कँडेल, वालकृष्ण कोइराला, नारायण श्रेष्ठ, गोपाल सुर्खाली, महिला उपाध्यक्षमा जमुना अधिकारी, महासचिवमा राजेन्द्र शर्मा, उपमहासचिवमा रामकृष्ण भट्ट, कोषाध्यक्षमा मोतीलाल पौडेल, सहकोषाध्यक्षमा दशरथ गैरेलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा गगनबहादुर पुन मगर, प्रेम गिरी, धनश्याम न्यौपाने, टेकप्रसाद सापकोटा, कृष्णबहादुर खत्री, गिता खड्का, थुमा कुमारी पौडेल अधिकारी, सोनम थापा क्षेत्री र प्रेम प्रसाद शर्मा चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गोविन्द वझाले जानकारी दिनुभएको थियो ।