दिवंगत पत्रकार, कवि, निबन्धकार तथा सांस्कृतिक अध्येता सुरेश किरणको सांस्कृतिक निबन्धको सङ्ग्रह ‘हाय राजमती’ सार्वजनिक गरिएको छ । जात्रा, भूमि, बाजा र जाति, विस्तारित भूमि र विविध गरी पाँच खण्डमा २४ निबन्ध समेटिएको यो कृतिलाई निबन्धकारको निधन भएको ४५ औँ दिनमा इम्प्रिन्ट पब्लिसर्सले प्रकाशन गरेको हो ।
पोखराका अधिकांश होटेल अहिले भारतीय पाहुनाले भरिभराउ छन् । पश्चिम एसियाको युद्धका कारण अन्य मुलुकमा बाधक बनेको बेला भारतीय पर्यटक पोखरा घुम्न आउने क्रम बढ्दो छ । पोखरामा आन्तरिकपछि धेरै भारतीय पाहुना हुने पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेका अनुसार भारतीय पर्यटकको हिस्सा अहिले करिब ४० प्रतिशत रहेको छ । “भारतीय पर्यटक पोखरा धेरै नै आउने गर्छन् । सडकबाट आउने भारतीय पर्यटकले यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ,” उहाँले भन्नुभयो ।
नेपाली अलैँचीको निर्यात यस पटक बढेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा झापाको मेची भन्सार कार्यालय हुँदै सो अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपियाँ मूल्यको अलैँची निर्यात भएको छ ।
रौतहटको कटहरिया नगरपालिका–३ का नर्सरी व्यवसायमा संलग्न किसान यतिबेला आर्थिक सङ्कटको सामना गर्न बाध्य छन् । फलफूलका बिरुवा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका उक्त क्षेत्रका किसान उत्पादित बिरुवाले बजार र उचित मूल्य नपाउँदा आर्थिक सङ्कट झेल्न बाध्य भएका हुन् ।
सप्तरीको ऐतिहासिक चन्द्रनहर क्षेत्रको अतिक्रमित जग्गा खाली गराउन कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय, राजविराजले तयारी सुरु गरेको जनाएको छ।
सर्लाहीमा सिँचाइ सुविधा रहेको क्षेत्रका किसानले धमाधम चैते धान रोप्न थालेका छन् । पानी लाग्ने ठाउँमा गहुँ र हाइब्रिड मकै भिœयाएका किसानले धमाधम चैते धान रोपिरहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ५० पैसा र बिक्रीदर १५१ रुपियाँ १० पैसा तोकिएको छ ।
श्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहेको छ ।
देशभरका स्थानीय सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र सौर्य विद्युत् आयोजना निर्माण गरेमा नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् खरिद गरिदिने भएको छ । स्थानीय तहले आफ्नो न्यूनतम ५१ प्रतिशत स्वामित्वमा निर्माण हुने सौर्य विद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्न आवेदन दिन आग्रह गरेको छ । प्राधिकरण सञ्चालक समितिको गत वर्ष कात्तिक १९ गते बैठकले यससम्बन्धी नीतिगत निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यही वैशाख २ गते बसेको समितिको अर्को बैठकले यस्ता आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गर्ने निर्णय गरेपछि अहिले प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको हो ।
सरकारले पहिलो पटक गुन्द्रुकको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत रहेर गुन्द्रुकको उत्पादन गरी उपभोग र बिक्रीवितरणका लागि मापदण्ड निर्धारण गरेको हो ।
यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण अनुमतिबाट एक अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि शनिबारसम्म जारी भएका ३० हिमाल आरोहण अनुमतिबाट एक अर्ब दुई करोड ८८ लाख ९३ हजार २३६ रुपियाँ राजस्व सङ्कलन भएको हो ।
सरकारले हवाईक्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवाप्रदायक नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ (१) अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि कार्यकारी प्रमुखका रूपमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट महानिर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा जीवन बिमा कम्पनीले एक खर्ब ४० अर्बभन्दा बढी बिमाशुल्क सङ्कलन गरेका छन् । कम्पनीको कुल व्यवसाय ११.३१ प्रतिशतले बढेको छ भने नयाँ व्यापार ३० प्रतिशतभन्दा धेरै बढेको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम साता प्रकाशन गर्ने भएको छ । विगतमा परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस पटक भने एक महिनाभित्रमै नतिजा सार्वजनिक गर्न लागेको हो । बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार एसइईको उत्तरपुस्तिका परीक्षण सकेर परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ ।