गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १३ गते । सरकारले पहिलो पटक गुन्द्रुकको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत रहेर गुन्द्रुकको उत्पादन गरी उपभोग र बिक्रीवितरणका लागि मापदण्ड निर्धारण गरेको हो ।
मापदन्ड अनुसार गुन्द्रुक भन्नाले ब्रासिलका जातको हरियो सागपात रायो, तोरी, मुलाको पात तथा डुकुलगायतका सफा गरी ओइल्याएर नुनरहित प्राकृतिक वा एसिड विधिद्वारा अमिल्याएपश्चात् तयार भएको ताजा वा सुकाई तयार गरिएको खाद्यपदार्थलाई सम्झनु पर्छ । गुन्दु्रक विशेष गरी रायो, मुला वा तोरीको सागलाई खाँदेर र सुकाएर बनाइने परम्परागत तरकारी हो । गुुन्दु्रुकको गुणस्तर स्वच्छ, सफा, स्वाभाविक स्वाद र बास्ना हुन नहुने निर्धारण गरिएको छ । यसमा ढुसी तथा किरा लागेको हुनु हुँदैन ।
गुन्द्रुकमा जलांश बढीमा १२ प्रतिशत, कुल भस्म सुक्खा तौलका आधारमा १७ प्रतिशत हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ । यस्तै एसिडमा नघुल्ने भस्म सुक्खा तौलका आधारमा बढीमा एक प्रतिशत, अम्लता (ल्याक्टिक एसिड) घटीमा ०.८ प्रतिशत हुनुपर्ने मापदण्ड रहेको छ । यस्तै गुन्दु्रुकको उत्पादन, प्याकेजिङ, ह्यान्लिङ, भण्डारण तथा ढुवानीमा स्वच्छतासम्बन्धी मापदण्ड कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकेबमोजिम हुने उल्लेख गरिएको छ । गुन्द्रुक प्याकिङका लागि प्रयोग गरिएको प्याकेजिङ पदार्थ सफा, सुक्खा र खाद्य ग्रेडको हुनुपर्ने छ । प्याक गरिएको गुन्द्रुकको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेबमोजिमको विवरण उल्लेख गर्नुपर्ने छ ।
लेबलमा गुन्द्रुक तयार गर्न प्रयोग गरिएको सागपातको विवरण तथा गुन्द्रकको प्रकारमा ताजा, सुक्खा वा सुकेको भनी प्रस्ट रूपमा उल्लेख गर्नुपर्ने छ । यस्तै गुन्द्रुकमा कन्टामिनेन्टस जीवनाशक विषादीको अवशेष हेभी मेटल्स, सूक्ष्म जीवाणु तथा टक्सिन्सलगायतका हानिकारक तìवका अवशेषको अधिकतम मात्रा नेपाल सरकारले तोकेबमोजिम हुनुपर्ने छ । सबैको घरमा उपभोग गरिने गुन्द्रुक पछिल्लो समय व्यावसायिक रूपमा उत्पादन गरेर बाहिरी मुलुकमा निर्यात हुने गर्छ ।