• १३ वैशाख २०८३, आइतबार

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, वैशाख १३ गते । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ५० पैसा र बिक्रीदर १५१ रुपियाँ १० पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ३६ पैसा र बिक्रीदर १७७ रुपियाँ ०७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ २३ पैसा र बिक्रीदर २०४ रुपियाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपियाँ ६३ पैसा र बिक्रीदर १९२ रुपियाँ ४० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ६३ पैसा र बिक्रीदर १०८ रुपियाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ९५ पैसा र बिक्रीदर ११० रुपियाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ९५ पैसा र बिक्रीदर ११८ रुपियाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ०१ पैसा र बिक्रीदर २२ रुपियाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ १३ पैसा र बिक्रीदर ४० रुपियाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ २८ पैसा र बिक्रीदर ४१ रुपियाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६५ पैसा र बिक्रीदर चार रुपियाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ९७ पैसा र बिक्रीदर ४१ रुपियाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८ रुपियाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १८ पैसा र बिक्रीदर १० रुपियाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३१ पैसा र बिक्रीदर १६ रुपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६० पैसा र बिक्रीदर २३ रुपियाँ ६९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २१ पैसा र बिक्रीदर १९ रुपियाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपियाँ ८७ पैसा र बिक्रीदर ४९२ रुपियाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३९८ रुपियाँ ५७ पैसा र बिक्रीदर ४०० रुपियाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपियाँ ९० पैसा र बिक्रीदर ३९२ रुपियाँ ४६ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस