• १३ वैशाख २०८३, आइतबार

कालिगण्डकी नदीमा अचेत भेटिएका बालक मृत घोषित

blog

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा। फाइल तस्बिर

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख १३ गते ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको श्राद्धस्थलबाट शनिबार कालिगण्डकीमा बेपत्ता भई अचेत अवस्थामा भेटिएका एक बालकको उपचारको क्रममा ज्यान गएको छ । सुर्खेत जिल्ला बिरेन्द्र नगरपालिका–५,का ८ वर्षीय बरुण गौलीको प्रादेशिक अस्पताल जोमसोममा उपचारको क्रममा ज्यान गएको हो । अचेत अवस्थामा उद्धार गरी अस्पतालमा पु¥याउँदा बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

बिमला गौलीले श्राद्धस्थलबाट छोरा बेपत्ता भएको जानकारी गराएलगत्तै प्रहरी चौकी कागवेनीबाट खटिएका प्रहरी हवल्दार किसान परियारको टोलीले कालीगण्डकी खोलाको छेउमा चप्पल फेला पारेपछि थप खोजीकार्यका लागि प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल नं.३३ गुल्म हेक्वाटर मुस्ताङबाट प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद पौडेलको टोलीले खोजीकार्यलाई तीव्र पारिएको थियो ।

यसैबिच, कागखोला र कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा दिवङ्गत आफन्तको नाममा पिण्डदान गर्ने क्रममा दुर्घटनाको जोखिम रहेकाले बालबालिकालाई नल्याउन अनुरोध गरिएको वडा अध्यक्ष अध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो । श्राद्धस्थल निर्माणधिन अवस्थामा रहेकाले भिडभाडमा बालबालिकालाई सुरक्षित माथि धर्मशाला आसपासका क्षेत्रमा राखेर आउन वा निगरानी गर्न विगतमा समेत अनुरोध गर्ने गरिएको थियो ।